लेकबेशी नगरपालिकामा पत्रकारिता तालिम सूरु

0
76

लेकबेशी, फागुन २४ सुर्खेत- सुर्खेतको पुर्वी लेकबेशी नगरपालिकामा सोमबारदेखि लेकबेशी नगरपालिकास्तरीय एक वडा एक पत्रकार उत्पादन तालिम सूरु भएको छ । बिजी मिडिया गु्रपको आयोजनामा यहाँका १० वडामा एक वडा एक पत्रकार उत्पादन गर्ने उद्धेश्यका साथ तालिम सूरु भएको हो ।


तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा समाजसेवी प्रतिमान बाकवलले स्थानीय तहको विकास र समृद्धिमा संचार माध्यम तथा पत्रकारको पहूँच आवश्यकता रहेको बताउनुभयो । संचारमाध्यमको वडास्तरमा विस्तारले त्यहाँका जनताको चेतनाकोस्तर र विकासको स्तरमा वृद्धि हुने भन्नुभयो । लेकबेशीनगरस्तरमा स्थानीय सरकारले आयोजनना गर्नुपर्ने एक वडा एक पत्रकार उत्पालदन तालिम आयोजक संस्थाले आफ्नै संक्रियतामा गरेर नगरक्षेत्रमा सहयोग गरेको भन्दै आभार प्रकट गर्नुभयो । तालिम उद्घाटन शत्रमा बोल्दै कृषि अनुसन्धान केन्दै दशरथपुरका सवईन्जिनियर कृष्णप्रसाद न्यौपानेले संचारमाध्यम र पत्रकारको ग्रामिणस्तरमा पहूँचले यहाँको विकासमा एक खम्बा सावित हुने बताउनुभयो । पत्रकारिता पेशा र व्यवसाय समाजको मयार्दित पेशा भएकोले यसको गरिमा बचाउन सहभागीलाई आग्रह गर्नुभयो । प्रशिक्षक तथा पत्रकार जेवि सुनारले पत्रकारिता राज्यको चौथो अंग भएको भन्दै स्गथानीय निकाय र वडास्तरमा पत्रकार उत्पादन जरुरी रहेको बताउनुभयो । स्थानीय तहमा खवरदारी, सजगता र चेतनाका लागि संचारको विकास अपरिहार्य रहेको भन्दै एक वडा एक पत्रकार उत्पादन तालिमले लेकबेशीका वडास्तरमा संचार र पत्रकारको पहूँच जिल्ला र केन्द्रसम्म विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय कृषि अनुसन्धान केन्द्र सभाहलमा संचालित तालिमको उद्घाटन शत्रमा विभिन्न क्षेत्रका व्यक्तिको सहभागीता रहेको थियो । तालिममा लेकबेशी नगरपालिकाका १० वडाका डेढ दर्जन प्रशिक्षार्थीले सहभागीता जनाएका छन् । तालिम अवधिभर समाचार लेखनका विषयमा जानकारी दिईने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here