लेकबेशीका निर्वाचित जनप्रतिनिधीले प्रमाणपत्र पाए

0
128

जेठ ५ दिपक बराल – सुर्खेत लेकवेशी नगरपालिकामा नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

लेकवेशी नगरपालिकाका नवनिर्वाचित प्रमख, उपप्रमुख र नगरका १० वटै वडाका नवनिर्वाचीत वडाअध्यक्ष तथा सदस्यहरुलाई लेकवेशी नगरपालिकाका निर्वाचन अधिकृत दिपेन्द्र नाथ योगीले प्रमाणपत्र वितरण तथा प्रदान गर्नु भएको हो । प्रमाणपत्र ग्रहण पश्चात नवनिर्वाचीत नगरप्रमुख उमेश कुमार पौडेलले १० वटै वडाका जनप्रतीनिधी तथा पालिकाका कर्मचारीहरु सबैले समिद्ध लेकवेशी बनाउन आआफ्नो स्थानबाट लाग्नु पर्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधीहरुले सरकारी सवारी साधनको प्रयोग नगर्ने र सरकारी बजेटको खर्चलाई मितव्ययी बनाउने नगर प्रमुख पौडेलले बताउनु भएको छ ।

निर्वाचन अधिकृत दिपेन्द्र नाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा, लेकवेशी नगरपालिकाका सहायक निर्वाचन अधिकृत दिपकध्वज हमाल, नवनिर्वाचीत नगर प्रमुख उमेश कुमार पौडेल, उपप्रमुख बिमला खड्लुक, लगाएत लेकवेशी नगरपालिकाका १० वटै वडाका नवनिर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here