लकडाउन पालना गर्न कांग्रेस सभापति केसीको अपिल

0
758

राप्तीसोनारी, बैशाख १५- कोरोना भाईरस कोबिड–१९ को संक्रमणबाट जोगिनको लागि सरकारद्वारा आव्हान गरिएको लकडाउनलाई पूर्ण रुपमा पालन गर्नको लागि आग्रह गर्दै नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति माधव राम के.सी.ले घरमै बस्न आग्रह गरेका छन् । कोरोना भाईरस कोभिड–१९ को महामारी विश्वभर फैलिएको भन्दै क्षेत्रीय सभापति के. सी.ले क्षेत्र नं.१ का नागरिकलाई लकडाउनको पुर्ण रुपमा पालना गर्न अपिल गरेका हुन् ।

कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि लकडाउन आव्हान गरिएको अवस्थामा समुदायका व्यक्तिहरु अझै पनि कतिपय मन्दिर मस्जिद, र सार्वजनिक स्थानमा धेरै संख्यामा मानिस उपस्थित हुने, सामाजिक दूरी कायम नराख्नेलगायत अन्य सावधानीका उपायहरू नअपनाउने गरेको देखिएको, सुनिएको बताउँदै चिन्ता व्यक्त गरेका छन् । देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाईरसको संक्रमण बढेको भन्दै लकडाउनको पालना गरी सचेत रहन अपिल गरेका हुन् । सभापति के.सी. ले सामाजिक सञ्जाल माफर्त क्षेत्र नं. १ का नागरिकलाई कोरोनाबाट सचेत रहन अनुरोध गरेका हुन् । सरकारले जारी गरेको लकडाउन नै कोरोनाकाट बच्ने र बचाउने उपाय भएको के.सी.को भनाइ छ । लकडाउन पालना गरी सभ्य र शिक्षित नागरिकको उदाहरण दिन उनले अपिल गरेका छन ।

यो समयमा नियमित साबुन पानीले हातखुट्टा धुन र घरभित्रै बस्न समेत उनले अपिल गरेका छन् । साथै सरकारले गरेको लकडाउका कारण प्रभावित दैनिक ज्याला मजदुरी विपन्न, गरिब तथा असाहय घरपरिवारलाई स्थानीय तहले एकद्धार प्रणालीबाट वितरण भइरहेको राहत कार्यको प्रशासनिय भएको र थप प्रभावकारी बनाउन सम्पूर्ण संयन्त्र अपनाउन सभापति के.सी.ले अपिल गरेका छन

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here