भेरीगंगा, भदौ १ सुर्खेत- सुर्खेतका तीन स्थानीय तह भेरीगंगा, गुर्भाकोट, लेकबेशी लक्षित गर्दै मंगलबारदेखि ९३.६ रेडियो बिजी भेरीगंगा ९ जहरेबाट प्रशारण आरम्भ गरिएको छ । भेरीगंगा ९ जहरेबजारमा स्टुडियो कक्ष र गुर्भाकोट ४ कोटमा प्रशारण केन्द्र रहनेगरि रेडियोको प्रशारण शुभारम्भ भएको हो ।

भेरीगंगा नगरपालिकाका नगर प्रमुख मेयर भुपेन्द्रबहादुर चन्दले एक कार्यक्रमका बिच मंगलबार जहरेबजारमा रेडियो शुभारम्भको उद्घाटन गर्नुभएको छ । स्टुडियोमा रिवन काट्दै र रेडियोबाट राष्ट्रिय गीत प्रशारण गरेर मेयर चन्दले रेडियो प्रशारणको शुभारम्भ गर्नुभएको थियो । रेडियो प्रशारण शुभारम्भ उद्घाटन कार्यक्रममा बोल्दै मेयर चन्दले रेडियोले समग्र कर्णाली प्रदेश र पुर्वी सुर्खेतको सबैको साँझा आवाज बन्नुपर्ने धारणा राख्नुभयो । पुर्वी सुर्खेतलाई समग्र कर्णाली प्रदेश र राष्ट्रिय स्तरमा पहिचान बनाउन रेडियो बिजीले मार्गदर्शनको काम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रम शुभारम्भमा बोल्दै भेरीगंगा वडा नम्बर ८ का वडाअध्यक्ष पदम खत्रीले संचार विकासको एक अंग भएकोले यहाँका तीन स्थानीय तहमा विकास र अनियमितामा खवरदारी गर्नुपर्ने बताउनुभयो । रेडियोको प्रगतिको कामना गर्दै रेडियो समग्र युनिटलाई शुभकामना समेत दिनुभयो । प्रशारण उद्घाटन कार्यक्रममा भेरीगंगा ८ का वडासदस्य पर्शुराम कामी, वडा नम्बर ६ का वडासदस्य तथा कार्यपालिका सदस्य मोतिसरा खत्री, वडा नम्बर ९ का सदस्य रुद्धबहादुर कामी, समाजसेवी चन्द्र विक, रगमिर मिजार, चिच विक, भेरीगंगा नगर मेयरका स्वीकय सचिव खगेन्द्र नगालले रेडियो प्रशारण शुभारम्भको शुभकामना र प्रगतिको कामना गर्नुभयो । रेडियोले स्थापनादेखि प्रशारणसम्म आईपुग्दा आर्थिक, नैतिक, प्राविधिक सहयोग गर्ने भेरीगंगा नगरका मेयर चन्द, मेयरका स्वकियसचिव खगेन्द्र नगाल, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, वडाअध्यक्षहरु प्दम खत्री, कर्णबहादुर मिजार, बलबहादुर खड्का, लक्षुमण रानालाई सम्मान गरेको थियो ।

यस्तै गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन र लेकबेशी नगरपालिकाका मेयर गगनसिँह सुनारलाई पनि सम्मान पत्र प्रतिनिधीमार्फत वितरण गरिएको थियो । ९३.६ रेडियो बिजीले भेरीगंगा ९ उत्पादन केन्द्र र गुर्भाकोट ४ मा प्रशारण केन्द्र तयार पारि ५०० वाटको रेडियो प्रशारण शुभारम्भ गरेको हो । रेडियोले विहान साँढे ५ बजेदेखि राती साँढे १० बजेसम्म कार्यक्रम, समाचार प्रशारण गर्ने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here