राष्ट्रियसभा अध्यक्षद्वारा राउटे बस्तीको अवलोकन

0
249

गुर्भाकोट, भदौ १६ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे छलफल गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले सुर्खेतको को गुर्भाकोट नगरपालिका १ सिमस्यार पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गर्नुभएको हो ।

कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्भाकोट नगरपालिकाको वडा नं. १ सिमस्यार पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन । उहाँले राउटे समुदायका मुखियासहितको टोलीलाई राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्न आग्रह गर्दै सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिन सल्लाह दिनुभएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here