राप्रपा भेरीगंगा उपमेयर उम्मेदवार कांग्रेसमा प्रवेश

0
686

भेरीगंगा, बैशाख २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी भेरीगंगाबाट स्थानीय तह निर्वाचन २०७९ का लागि उपप्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

राप्रपाबाट भेरीगंगा नगर उपप्रमुखका उम्मेदवार मिना बिसीले आज नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । आज विसीले एक विज्ञप्ती जारी गर्दै आफु राप्रपाको उपप्रमुखमा उम्मेदवारी दिएपनि आजको मितिबाट फिर्ता लिई कांग्रेसमा प्रवेश गरेको जानकारी गराउनुभएको हो । नेपाली काग्रेस आफ्नो विगतको राजनैतिक पार्टी भएकोले आजबाट पुन राप्रपाको उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा फर्किएको मिना बिसीले बताउनुभएको छ ।

विज्ञप्तीमार्फत विसीले आफु अव नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा होमिएको र आफ्ना कार्यकर्ता समर्थकलाई पनि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । बैशाख २० गतेयता भेरीगंगा नेपाली कांग्रेसमा देखिएको विवाद, असन्तुष्टि र वागीहरु धमाधम पार्टी लाईनमा फर्कन सूरु गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here