मेहेलकुना अस्पतालमा डेढ वर्ष पछि नयाँ ब्यबस्थापन समिति

0
211

दिलिप ढकाल, गुर्भाकोट भदौ १० – मेहेलकुना अस्पतालमा डेढ वर्ष पछि नयाँ ब्यबस्थापन समिति बनेको छ । करिब डेढ वर्ष देखि रिक्त रहेको पुर्बी सुर्खेतको एक मात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालमा नयाँ ब्यबस्थापन समिति बनेको हो ।

केहि दिन अगाडी कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले राजनीति भागबन्डा को आधारमा अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु चयन गरेको थियो । मन्त्रालयको निर्णय अनुसार मेहेलकुना अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा नेकपा माओबादिको तर्फ बाट यज्ञ बहादुर बि क , सदस्यमा नेपालि काँग्रेस बाट बिर्ख बेपाली ,माओबादी बाट रिमा घर्ति,एकीकृत समाजबादी बाट अमृत प्रसाद जैसी र उद्योग बाणिज्य संघ भेरी सुर्खेतको सिफारिस सदस्य जय बहादुर डाँगी र अस्पताल ब्यबस्थापन समितिको सदस्य सचिबमा अस्पतालको मे.सु.डाक्टर सोजन सापकोटा रहनु भएको छ ।

मेहेलाकुना अस्पाताल ब्यबस्थापन समितिका अध्यक्ष यज्ञ बिक को अध्यक्षता तथा गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा बोल्दै बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले राजनीतिक खिचातानीले गर्दा लामो समय सम्म अस्पताल अध्यक्ष बिहिन भएको भन्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा पनि राजनीति हुने कुरामा असन्तुस्टी ब्यक्त गरेका थिए। तरजसोतसो अस्पतालले ब्यबस्थापन समिति पाएको र आब यो समितिको अस्पतालको सम्पूर्ण क्षेत्रलाई ब्यबस्थित गरि अस्पतालमा आउने बिरामीलाई छिटो(छरितो सेवा दिन तल्लिन हुनु पर्नेमा जोड दिएका थिए। साथै सहभागीले पुर्बी सुर्खेतको एक मात्र सरकारी अस्पतालमा भवनको अभाबमा दक्ष चिकित्सक नहुदा सामान्य उपचार पछि सुर्खेत कोहलपुर रिफर गर्नु पर्ने बाध्यता तत्काल अन्त्य गर्नु पर्नेमा बिशेष जोड दिएका थिए।

कार्यक्रम मा बोल्दै नगर प्रमुख हस्त पुनले २०३४ साल देखि हेल्थ पोस्टको रुपमा सुरु भएको यस अस्पताल विभिन्न आरोह अवरोह छिचोल्दै यहाँ सम्म ल्याई पुर्याउनुमा सबै राजनीति दल,बुद्दिजिबि ,सरोकार वाला निकाय तथा स्थानिय र हाल सम्म भएका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा सदस्यको ठुलो भूमिका रहेको भन्दै अहिले को ब्यबस्थापन समिति लाई पनि अस्पतालको दिगो र राम्रो गर्नको लागि सबैले साथ र सहयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।
साथै उहाले केहि समय अघि अस्पतालको काम गर्ने क्रम मा करेन्ट लागेर एक जनाको दुखद निधन भएको स्मरण गर्दै त्यति बेला ब्यबस्थापन समिति नहुदा असहज महसुस गरेको र उक्त घटना हुदा जिम्मेवारी लिने व्यक्ति नहुदा नगर प्रमुखको हैसियतले आफु अग्रसर भएर उक्त घटनाकोे जिमेवारी लिएको समेत उहाले जानकारी दिनु भयो ।

आफ्नो सम्बोधनको अन्त्यमा बोल्दै नगर प्रमुख पुनले अस्पतालको छेउमा बन्दै गरेको निर्माणाधीन भबनको कामले गति लिन नसकेको भन्दै अहिलेको समितिले तत्काल उक्त भबन निर्माण ढिलाई हुनुको कारण खोजि यथासिघ्र काम अघि बढाउने कुरामा समेत बिश्वास ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि , अस्पतालका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा चिकित्सक, वडाका वडा अध्यक्षहरु लगाएत स्थानिएको पनि उपस्थिति रहेको थियो।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here