मेयर पुनसँग हिलो र रोपाईमा रमाउँदै कृषकले धान दिवस मनाए

0
321

हुमबहादुर कार्कि, असार १५ सुर्खेत – गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनसंगै हिलो खेल्दै र धान रोप्दै मालारानीका कृषकले धान दिवस मनाएका छन् । मंगलबार गुर्भाकोट २ मालारानीमा आयोजित धान दिवसमा मेयर पुनले धान रोप्दै र कृषकसंगै हिलो खेल्दै धान दिवस शुभारम्भ गरेका थिए ।

नगरपालिकाको आर्थिक सहयोगमा र गुर्भाकोट २ हरियाली धान बीउ उत्पादन पकेट संचालन समिती को आयोजना मा धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ १८ औ रास्ट्रीय धान दिवस मनाएको हो । यसै गरि उक्त अनौपचारिक कार्यक्रममा गुर्भाकोट नगर पालिकका मेयर हस्त पुन को प्रमुख अतिथ्य र नगर कृषि शाखा अधिकृत नबराज थापा, कार्यपालिका सदस्य खुमबहादुर बि क, नमुना बिद्यालय बडाखोलीका अध्यक्ष ढाल बहादुर खत्रीको बिशेष आतिथ्य र गुर्भाकोट २ का वडा अध्यक्ष नोखबहादुर वलि, माबि कोटखोलाका बि.ब्य.स.का अध्यक्ष प्रकाश डिसि , मालारानी स्वास्थ चौकीका प्रमुख किरण ओलि समाजसेबि लिला थापा, खिमानन्द ढाकाल, देब नारायण ढकाललगायतको अतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रम शुरु हुनु अगाडि गुर्भाकोट २ सानो पिप्ले को खुमलाल कडेलको खेतमा धानको बीउ रोपाइ गरि असारे भाका गाउदै एकआपसमा टीका लगाउदै रास्ट्रीय धान दिवसको शुभकामना आदान प्रदान समेत भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख हस्त पुनले कृषि क्षेत्रका लागि नगपालिका ले विभिन्न नीति तथा कार्यक्रमहरु लिदै आएको छ र उक्त्त कार्यक्रमलाई उत्पादनतर्फ सफल बनाउन कृषकको साथमा रहेको बताउनु भयो । कृषि क्षेत्रमा धेरै लाभदायक भएको हुदा नेपाली दाजुभाइ अब बिदेस जानू नपर्ने भन्दै १८ औ रास्ट्रीय धान दिवसको सुभकामना प्रदान गर्नु भएको थियो । यसैगरि नगर कृषि शाखाका अधिकृत नबराज थापाले गुर्भाकोट नगरपालिकाको अनुदान तथा निशुल्क आर्थिक सहयोगमा हरियालि धान उत्पादन पकेट संचालनका लागि १२ लाख रकम बिनियोजित भै यसका लागि धानको बीउ, मिनि टेलर, धान काट्ने मेशिन, चारा मेशिन, बिषादी औसधि, तालिमलगायत त्रीपाल र हर्मेटिक कट्ठा बिबिध कार्यक्रमहरु भै सकेको र कृषकका लागि ५०%, ८५% र अनुदान र कुनैकुनै कार्यक्रम निशुल्क पनि बितरण भएको जानकारी दिदै धान दिवसको सुभकामना सन्देस दिनु भएको थियो ।


कार्यक्रममा सभापत्तित्व हरियाली कृषि बजार सहकारी सस्थाका अध्यक्ष तथा हरियाली धान बीउ उत्पादन सन्चालन समितीका अध्यक्ष मोतिप्रसाद चपाइ रहनु भएको थियो ।कार्यक्रम लाई समापन गर्दै नगरपालिकाको आर्थिक सहयोगलाई धन्यवाद दिदै सहकारीको समन्वयमा विविध अनुदान तथा निशुल्क कार्यक्रमहरु सहकारीका शेयर सदस्लगायत धान पकेट मा आबद्द कृषहरु लाई नगरपालिकाको मापदण्डमा रहेर कृषकलाई बिबिध कार्यक्रमहरु बितरण गर्दै आएको र रासायनी मलमा किसानको माग बढि र मलको आपुर्तीमा कम भएको हुदा यस सहकारीलाई धेरै समस्या परेको भन्दै १८ औ रास्ट्रीय धान दिवसको सुभकामना समेत दिनु भएको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here