मृगौला फेल चन्द्रकली कामी जीवन बचाईदिन गुहार्दै

0
309

नेपालगन्ज , भदौ २१- नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विगत दुई बर्षदेखि मृगौला फेल भई डायलासिस गराउदै आएकी चन्दकला कामीले जीवन बचाईदिन आग्रह गरेकी छिन्। सुर्खेत गुर्भाकोट नगरपालिका ४ सहारे घर भएकि ४० बर्षिय चन्दकलाले आर्थिक सहयोग मार्फत जीवन रक्षाका लागि गुहार मागेकि हुन्।     आर्थिक अभावमा मृगौला स्थान्तरण गर्न नसकेकी उनले पैसा अभावमा डायलासिस गर्दै आएको बताईन्।                   चन्दकलाको दुवै मृगौला फेल भएपछि दुई बर्षदेखि हप्तामा २ पटक डायलासिस गर्दै आएकी छिन्। विगत ६ महिनादेखि कोहलपुरमा भाडामा बस्दै उपचार गर्दै चन्दकला परिवार यतिबेला आर्थिक सहयोगका लागि सब‌ैसग आग्रह गर्दै आएको हो । अहिलेसम्म उपचारमा ७ लाख ऋण लागिसकेको र मृगौला स्थान्तरण गर्न आर्थिक अभाव भएको चन्दकलाका पति अमृत बहादुर कामीले बताए । म पत्निका लागि मृगौला दान गर्न तयार छु, तर त्यसका लागि चाहिने १५ लाख रकम नभएको उनले भने । मृगौला स्थान्तरका लागि १५ लाख कसरी जुटाउन चिन्ता रहेको उनले भने । उक्त रकम संकलनका लागि उनले सबैसग आग्रह गरे । गाउमा एलैला जग्गामा सुकुम्बासी जस्तै अवस्थामा बस्दै आएका चन्दकला परिवार आर्थिक समस्या बाट गुजिदै आएको छ। कोहलपुरमा उपचारका लागि ६ महिनादेखि भाडामा बस्दै आएको छ। समयमा मृगौला स्थान्तरण नहुदा थप आर्थिक समस्या थपिदै गएको छ।                                                                 चन्दकलाको मृगौला स्थान्तरणका लागि आर्थिक सहयोग गर्न पति अमृत बहादुर कामीको नाममा रहेको एनआईसी बैक कोहलपर शाखा खाता नम्बर ०५९५७५०८४९८५३००१ मा रकम जम्मा गर्न सकिन्छ । आर्थिक सहयोगका लागि ९८४१२७७५७४ मा सम्पर्क गर्न पति अमृतले अनुरोध गरे । सबैको सानो रकम सहयोगले पत्नीको जीवन बच्ने उनको भनाइ छ। चन्दकलाका ५ सन्तान छन् । मजदुरी र कृषि मुख्य आम्दानीको श्रोत भएका कामी परिवार मृगौला स्थान्तरणमा आर्थिक सहयोग संकलनमा लागेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here