हुमबहादुर कार्की गुर्भाकोट,साउन ५- गुर्भाकोट नगरपालिका २ स्थित श्री जनज्ञान भण्डार माबि कोटखोला मालारानीले पाँच बर्षे बिद्यालय सुधार योजना तथा शैक्षिक सत्र २०७८ को बार्षिक कार्यनीति योजना तयार पारेको छ । विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला बिच आयोजित तीन दिने कार्यशाला गोष्ठिमार्फत विद्यालय सुधार कार्ययोजना तयार पारिएको हो ।
साउन चार गतेदेखि पाँच गतेसम्म संचालित कार्यशाला गोष्ठिबाट पाँच बर्षीय विद्यालय सुधार योजना तयार भएको हो । विद्यालय सुधार योजना अन्तर्गत विद्यालयमा तालिम प्राप्त शिक्षक, शिक्षिका, अनुशाशीत बिद्यार्थी, प्रसस्त खेल मैदान, बर्सेनि नँया भबन, सहयोगी अभिभावक, पलाष्टिजन्य बस्तुको अन्त्य, कम्पुटरको ब्यबस्था, मैत्रीपूर्ण शिक्षा, भौतिक सुबिधा, विद्यार्थीको इच्छा अनुरुप सिकाइ कार्य, साना कक्षाका बिद्यार्थीलाई क्यान्टिनको ब्यबस्था अनिवार्य हुनुपर्ने रहेका छन् । आगामी पाँच बर्षभित्र १० वटा बुद्धा अनुसार विद्यालयमा शैक्षिक अवस्था सुधार गरि लागु गर्ने योजना रहेको विद्यालय प्रअ गंगाप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै विद्यालयमा पाँच बर्षीय योजना अनुसार आगामी पाँच बर्षमा गर्नुपर्ने कार्य नीतिहरुमा अभिभावकबाट शैक्षिक अनुगमन गर्ने, बिधालयमा तारबारको ब्यवस्थापन गर्ने, स्वच्छ खाने पानीको ब्यबस्थापन गर्ने, सुरक्षा गार्डको ब्यबस्थापन गर्ने, समन्वयको कार्य, प्राविधिक शिक्षाको ब्यबस्था गर्ने रहेका छन् । यस्तै यातायातको ब्यबस्थापन, अङ्ग्रेजी माध्यमको ब्यबस्थापन गर्ने, अभिभावक तथा सरोकारवालाको भेटघाट गर्ने, बिधालय सरसफाइको ब्यबस्था गर्ने, फिल्ड, भवन निर्माण कार्यलाई विशेष प्राथमिक दिने रहेका छन् । प्रधानाध्यापक भट्टले बिद्यालयको पञ्चबर्षिय योजना तथा बार्षिक कार्य योजनाको भौतिक, शैक्षिक र आर्थिकको बिकासका लागि कतिपय बिकास भैसकेको र केही बनाउन बाँकी रहेको बताउनुभयो ।
योजना प्रस्तुत कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिमार्फत राधा ढकाल, अबिभाबक मार्फतटोपनारायण गैरे, शिक्षकमार्फत लोकबहादुर र बिद्यार्थीमार्फत रितु भण्डारीले आजसम्म बिद्यालयमा भएका राम्रा कार्य र आगामी दिनमा हुनुपर्ने बाकी कार्य बारे आआफ्नो बिचार प्रस्तुत गर्नु भएको थियो । गोष्ठिमा ८० जनाको उपस्थित रहेको थियो ।