हुमबहादुर कार्की, सुर्खेत पौष २३- सुर्खेत गुर्भाकोट २ मालारानी प्रहरी चौकिले घरेलु मदिरा रोकथामका लागि खोज तलास गर्दा गुर्भाकोट वडा १ काल्छे र घुमाउने ठाउँबाट मदिरा नियन्त्रण गरि नष्ट गरेको छ ।


मदिरा रोकथामका लागि मालारानीका बुद्दिजिबी राजनीति दलहरुका ब्याक्तीत्वहरुको निर्णयमा घरेलु मदिरा रोकथाम गर्ने सुचना प्रकाशित भएसंगै मदिरा रोकथाम नहुदा चेकजाँच गर्दा काल्चे र घुमाउने ठाउँबाट २५ घरधुरीबाट मदिरा कच्चा पदार्थ ७ सय लिटर र रक्सी १ सय लिटर नियन्त्रण गरि नष्ट गरिएको मालारानी प्रहरी चौकीका असइ कुम्मेरबहादुर शाहिले बताउनु भयो । मालारानी प्रहरी चौकीका असइ शाहीको टोलिले मदिरा नियन्त्रण गरि गैरिबजारको ठूलो खोला पुलमा उक्त कच्चा पदार्थलाई नष्ट गरिएको थियो ।

पटक पटक मदिरा रोकथामका लागि सुचना जारी हुदा हुँदै पनि उक्त कार्य रोकथाम नहुदा यो बर्ष ४/५ पटकसम्म ढाब,खरिगैरा र गैरिबजारबाट मदिरा नियन्त्रण गरि नष्ट गरि सकेको प्रहरी चौकीले जानकारी गराएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here