माधव नेपाल पक्ष पाटीको नाम र चुनाव चिह्न टुंग्याउने गृहकार्यमा

0
149

काठमाडौं । नेकपा एमाले विभाजनको अन्तिम मोडमा पुगेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजनको निर्णायक मोडमा पुगेको हो । बैठकमा पार्टी विभाजनका लागि तयार भएका सांसद र नेताहरु सहभागी छन् । अध्यादेश जारी भएलगत्तै बैठकमा नेता नेपाल पनि प्रवेश गरिसकेका छन् । बैठकमा निर्वाचन आयोग जानको लागि हस्ताक्षर संकलन भइरहेको छ ।

पार्टी विभाजनका लागि तेस्रो तहका नेताहरुले नेता नेपाललाई साथ दिएको भए पनि दोस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन् । एकताको माहोल बनाइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गरेपछि विवाद मिल्ने अवस्था टरेको हो । नेता नेपालले मंगलबार आफू निकटको जनवर्गीय संगठनहरुलाई सम्बोधन गर्दै ओलीसँग मिल्न नसक्ने निष्कर्षका साथ अगाडि बढ्ने बताएका बताउनुभएको छ ।

अहिले नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताउनुभएको थियो । ओलीकै कारणले पार्टी विभाजनको मोडमा पुगेको बताउँदै ओली सुध्रिए भने फेरि एकता हुनसक्ने र चुनावी तालमेल गर्न सकिने स्पष्ट पार्नुभयो । ओलीले पार्टी एकताको ढोका बन्द गरेको नेपालको भनाई रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here