भेरीगंगा, मंसिर १०- भेरीगंगा नगरपालिकाका १३ वटै वडामा नेकपा माओवादी केन्द्रको हिजो वडा सम्ममेलन सम्पन्न गरेको छ । सम्पन्न भएको वडा सम्मेलन बाट १३ जना वडा कमिटीका सभापति र पदाधिकारीहरु सर्वसम्मत निर्बाचित भएका छन् ।
सम्पन्न भएको नेकपा माओवादी केन्द्रको सम्मेलनबाट वडा नम्बर १ सभापतिमा राम बहादुर सार्की, २ मा चिरञ्जीवी बुढा, वडा ३ मा रिम बहादुर खत्री , वडा ४ मा गणेश बहादुर ओलि , वडा ५ मा पदम बहादुर खत्री , वडा ६ मा याम बहादुर ओलि वडा सभापति सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै वडा ७ सभापतिमा, सेर बहादुर खत्री, ८ मा गुम बहादुर कामि , ९ वडामा भिम बहादुर आग्रि , वडा १० मा भावना राना , वडा ११ मा प्रेम बहादुर नेपाली, वडा नम्बर १२ मा सनत बहादुर खड्का र वडा नम्बर १३ वडा सभापतिमा चन्द्र बहादुर भणडारि निर्बाचित भएका हुन् ।

विभिन्न चरणमा नगरका १३ वडामा नेकपा माओवादीको वडा सम्मेलन सकिएको हो । सर्वसम्मत वडासभापति सहितको नेतृत्व चयन गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here