सुर्खेत, असार ८- सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ स्थित ड्राइभर टोलका २६ घरधुरीलाई सिर्जनशील नेपाल समाज युकेको सहयोगमा राहात वितरण गरिएको छ। कोभिड १९ को लकडाउनले बेरोजगार भई दैनिक छाक टार्न खाद्यान्न अभाव झेलिरहेका २६ घरधुरीका परिवारलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती र नगद हस्तान्तरण गरिएको हो ।
आईतवार ड्राइभर टोलमा एक कार्यक्रमका बिच पत्रकार टेकेन्द बस्याल र भेरीगंगा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हरिप्रसाद कडेलले राहात खाद्यान्न हस्तान्तरण गर्नुभयो । वितरण गरिएको खाद्यान्न राहातमा प्रतिघर परिवार चामल ३० किलो, दाल २ किलो, नुन २ किलो, तेल २ लिटर, चिनी १ किलो, चियापत्ती १ पोका र नगद २०० वितरण गरिएको हो । सिर्जनशील नेपाल समाज युकेसंग दलित अभियान्ता सरु सुनारको पहलमा यहाका २६ घरपरिवार ड्राइभरहरुको लागि राहात प्याकेज पठाएको थियोे । राहात वितरण गर्दै वडाअध्यक्ष कडेेलले राहात सहयोग गर्ने सिर्जनशील नेपाली समाज युके र यसका पदाधिकारीलाई धन्यवाद र कृतज्ञता प्रकट गर्नुभयो । उहाले नेपाली समाजको प्रशंसा गर्दै सामाजिक कार्यका लागि सस्थाका पदाधिकारीलाई आफनो र ड्राइभरटोलबासीका लागि ठुलो गुन लगाएको बताउनुभयो ।
राहातका लागि नगरपालिका, वडा र सामाजिक संघसस्था गुहार्दापनि राहात नपाएर निराश भएका बेरोजगार २६ घरधुरी ड्राइभर परिवारले राहात बुझ्दै खुशी व्यक्त गरे ।