भेरीगंगा ७ मा कर्णबहादुर मिजार सभापतिमा निर्वाचित

0
297

भेरीगंगा, कार्तिक २७- शनिबार सम्पन्न भेरीगंगा नगरपालिका वडा नम्बर ७ को नेपाली कांग्रेस १४ औँ महाधिवेशनबाट कर्णबहादुर मिजार वडा सभापतिमा निर्वाचित हुनु भएको छ । सम्पन्न महाधिवेशनबाट वडा कार्यसमितिमा २७ सदस्यीय वडाकार्यसमिति निर्वाचित भएको हो ।

वडा कार्यसमितिको उपसभापति शेरबहादुर कार्की, शेरबहादुर मिजार, सचिव धर्मबहादुर मिजार, प्रेमबहादुर खत्री, ससचिव अम्मर खड्का, धनसरा वली निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट २० सदस्यीय वडा सदस्यहरु सर्वसम्मत निर्वाचित गरेको छ । महाधिवेशनबाट बलबहादुर वली, भुपेन्द्रकुमार रोकाय, सुरेन्द्र केसी, रामबहादुर विसी, टोपबहादुर खत्री, अम्मर वली, बिमला वली, गिता कार्की, मिनाकुमारी खत्री, लोकबहादुर खत्री, चन्द्रबहादुर वली, मेवालाल सार्की, ओविसरा बस्याल, धनबहादुर घर्ती, भद्रकली रोकाय र भबे वादी क्षेत्रीय प्रतिनिधी सदस्यमा निर्वाचित हुनुभएको छ ।

यस्तै वडाको महाधिवेशनबाट चन्द्रबहादुर खत्री, झुपलाल मिजार र देउरुपा वलीलाई वडाबाट नगरकार्यसमिति सदस्यमा निर्वाचित गराएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here