भेरीगंगा १ का वडाअध्यक्ष कार्कीको निधन

0
349

भेरीगंगा, फागुन १४- गएको फागुन ८ गते नेपालगन्ज सुर्खेत रत्नराजमार्गको भेरीगंगा १२ राजीगाउँ नजिकै सडकमा दुर्घटनामा घाईते वडाअध्यक्ष नवराज कार्कीको उपचारका क्रममा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रहनु भएका कार्कीको उपचारका क्रममा शुक्रबार काठमाण्डौमा मृत्यु भएको हो ।

मोटरसाईकल दुर्घटना भई थप उपचारका लागि बाँसबारी न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा कार्कीको शुक्रबार राति १०ः३० बजे निधन भएको हो । फागुन ८ गते नगरपालिकामा आउँदै गर्दा फोर्स गाडीको ठक्करबाट वडाअध्यक्ष घाईते भएका थिए । दुर्घनापछि प्रदेश अस्पतालमा उपचारपछि थप उपचारका लागि बिहिबार उनलाई काठमाण्डौ लिएको थियो । स्वास्थ्यमा केही सुधार आएको बताएपनि उनको उपचारकै क्रममा मृत्यु भएको छ । छिन्चुबजारबाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०१००१ ख ०५४६ नम्बरको फोर्सले अध्यक्ष सवार भे ६ प ४४०१ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो । रत्नराजमार्गको नेपाल टेलिकम कार्यालय नजिक फोर्स गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।

मोटरसाईकल चालक भेरीगंगा वाईसिएल अध्यक्ष भुपेन्द्र शाही उक्त दुर्घटनामा घाईते हुनु भएको थियो । शाहीले चलाउनुभएको मोटरसाईकलमा वडाअध्यक्ष कार्की पछाडि बस्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here