भेरीगंगा १२ सुर्खेत- नेपाल कम्नियुष्ट पार्टी माओवादीको युवा दस्ता योङ्ग कम्नियुष्ट लिग (वाईसिएल) को भेरीगंगा नगर कमिटि विस्तार गरिएको छ । शुक्रबार भेरीगंगाको छिन्चुमा आयोजित नगर भेलाले भुपेन्द्र शाहीको नेतृत्वमा ३६ सदस्यीय वाईसिएल नगर कमिटि विस्तार गरेको हो ।

वाईसिएल भेरीगंगा नगर कमिटि उपाध्यक्षमा धनसिँह वली, दिक्षा शाही, प्रेमबहादुर वली, सचिव ससिराम बुढाथोकी, सहसचिव टोपेन्द्र ताराम, रिमबहादुर खत्री, प्रेम परियार, कोषाध्यक्ष हरिबहादुर वली, सहकोषाध्यक्ष राजेन्द्र देवकोटा लगायत रहनुभएको छ । नेकपा माओवादी पार्टी जिल्ला संयोजक कृष्ण जिसीको प्रमुख आथित्य तथा नगर कमिटी अध्यक्ष नन्दबहादुर कार्की नरेन्द्रको विशेष आतिथ्यता मा वाईसिएल नगर कमिटि विस्तार भएको हो । कमिटि विस्तार कार्यक्रममा केन्द्रिय सदस्यहरु अम्मर चन्द ,सुनिता शिह ठकुरी जिल्ला अध्यक्ष्य पदम बन, वरिष्ठ उपाध्यक्ष खेम पाण्डे, सचिव रमेश परियार, कोषअध्यक्ष्य नबराज कार्की , जिल्ला सदस्यहरु पदम राना ,राजनाथ योगी, विक्रम कुमाल, जगत प्याकुरेल, धीरेन्द्र चन्द ,हरिशंकर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नगर कमिटि विस्तारमा सहभागी अतिथिले अव नेकपा माओवादीको वाईसिएल युवा दस्ता वडा वडामा विस्तार गरिने बताए । उनीहरुले अव पार्टीको सबै पंक्ति गाउँ र जनता केन्द्रित अभियानमा होमिएको समेत बताएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here