भेरीगंगा वडा नम्बर ७ का नाका अनिश्चित बन्द

0
386

भेरीगंगा, चैत २४- भेरीगंगा नगरपालिका वडा नम्बर ७ ले कोरोना कोभिड १९ को संक्रमणबाट वडालाई सुरक्षित गर्न वडाबाट बाहिर र भित्र अाउने नाका बन्द गरेको छ। सोमबार नाकामा ढुङ्गा, जाली, काठ र मुढा राखेर अाउतजावत बन्द गरिएको हो ।  अाईतबार वडाको सर्वपक्षीय भेलाले अनिश्चित वडाबाट अन्य वडा, पालिकामा र बाहिरबाट वडाभित्र अावतजावत निषेध गरेको थियो ।

अत्यावश्क काममा अनुमति लिएर बाहेक अावतजातवत कोभिड१९ को अवधिभरका लागि पुर्ण निषेध गरिएको वडाअध्यक्ष कर्णबहादुर मिजारले बताए । वडाका अावतजावत नाका बन्दसंगै नियमित निगरानी थालिएको छ। दक्षिणमा सल्यान जिल्ला को कालिमाटी गाउपालिका र पुर्वमा गुर्भाकोट नगरपालिकासंग सीमा जोडिएको भेरीगंगा ७ वडामा अपरिचित व्यतिको अावतजावत हुने र कोरोना भाईरस फैलन नदिन अावतजावत बन्द गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्ले शनिबार एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र स्थानीय निकायबाट अर्को निकायमा जान निषेध र कडाई गर्ने निर्णयपछि भेरीगंगा ७ ले वडामा अावतजावत निषेध गरेको छ। सल्यान जिल्लाका २ र गुर्भाकोट नगरपालिकाका ४ वटा नाकाबाट यश वडामा प्रवेश स्थल रहेकोले सर्वपक्षीय भेलाबाट अावतजावत बन्द गर्ने निर्णय गरेको छ। बाहिरबाट भेरीगंगा नगरपालिका प्रवेश नाकाबाट अपरिचित व्यति अावतजावतले कोरोना भाईरसको जोखिम वडामात्र नभई समग्र नगरमा रहेकोले अत्यावश्क काममा विना अनुमति अावतजावत रोकिएको हो।

वडामा प्रवेश र बाहिर जाने नाका अाईतबारबाट बन्द गरिएको छ। पुर्वमा गुर्भाकोट नगरपालिका, दक्षिणमा सल्यान जिल्ला, उतरमा भेरीगंगा ८ र पश्चिम भेरीगंगा ६ संग जोडिएका नाकाहरु बन्द गरिएको हो। अावतजावत र प्रवेश नाकामा चेकजाँच र निगरानी नियमित गरिएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here