सुर्खेत, भदौ ३१- छिन्चु जाजरकोट डोल्पा सडक खण्डको भेरीगंगा ८ लोदेमा सडकखण्ड विस्तार काम ढिलासुस्ती हुँदा स्थानीयबासी र सवारी चालकले जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । सडक विस्तार जिम्मा लिएको निर्माण कम्पनीले असार मसान्तमा काम सुरु गरि समयमा काम नसक्दा सडकमै हिलो, खाल्डाखुल्डीले सवारी साधन र स्थानीयबासीलाई सडक जोखिम बनेको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतबाट जाजरकोट डोल्पा सडक खण्डको लोदेमा ४२० मिटर लम्बाई सडकलाई ३० मिटर चौडाई, नालासहितको ७ मिटर कालोपत्रे, दाँयाबाँया ग्राभेल गर्नुपर्ने ठेक्का पाएको हाम्रो निर्माण सेवा सुर्खेतले काम वेवारिसे छोड्दा दुई महिनादेखि यस क्षेत्रमा सवारी चालक र स्थानीयले कष्टकर यात्रा गर्नुपरेको भेरीगंगा ८ का वडाअध्यक्ष पदम केसीले बताउनुभयो । गत आर्थिक बर्षको असार मसान्ततिर सडक डिभजिनबाट ४९ लाखमा कामको जिम्मा पाएको निर्माण कम्पनी र ठेकेदार खगेन्द्र राना साउनतदेखि सम्र्पकविहिन भएको स्थानीयको आरोप छ ।

योे सडकमा बर्षातयता दैनिक सवारी दुर्घटना, गाडीहरु फस्ने, गाडी जाम हुने र बचि हिलो खाल्डामा बिग्रने समस्या बढेको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो । सडक निर्माण सेवा र सडक डिभिजनको चरम लापारवाहीले यस सडकखण्ड आवतजावत गर्न समेत कठिन हुने गरेको छ । सडक अहिले ग्रामिण सडक खण्डका कच्ची सडक जस्तो बनेको छ । मोटरसाईकल, अटोरिक्सा, साना सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा सडक खण्ड पुगेपनि ठेकेदारबाट वेवास्ता हुँदै आएको छ । सडक डिभिजनमार्फत ठेकेदारले सडक निर्माणमा जिम्मा लिएपछि स्थानीय पालिकाले सडक मर्मत, निर्माण गर्न नपाउने कानुनी व्यवस्थाले स्थानीय सरकारले चाहेर पनि केही गर्न नसेको भेरीगंगाका मेयर भुपेन्द्रबहादुर चन्दले बताउनुभयो । नगरपालिकाले आफ्नै जोखिम लिएर बेला बेलामा माटो, ग्राभेल र पानी व्यवस्थापन गरेपनि निर्माण पक्षले वेवास्ता गरेको उहाँको भनाई छ ।

हाम्रो निर्माण सेवा सुर्खेतले४२० मिटरमा ३० मिटर चौडाई, नालासहितको ७ मिटर कालोपत्रे गर्ने सम्झौता अनुसार काम असार मसान्तमा सुरु गरेपनि साउनदेखि काम वेवारिसे छोडेको छ । निर्माण कम्पनीका ठेकेदार अहिले सम्पर्कविहिन हुँदा स्थानीय जनता र जनप्रतिनिधीले सवारी चालक र जनताको दवाव झेल्नु परेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here