भेरीगंगा र गुर्भाकोट जोड्ने कोप्ची–चौखे झोलुङ्गे पुल संचालन

0
271

भेरीगंगा, भदौ २९- गुर्भाकोट नगरपालिका वडा नम्बर ७ र भेरीगंगा नगरपालिका वडा नम्बर ८ जोड्ने कोप्ची–चौखे झोलुङ्गे पुल संचालनमा आएको छ । कोप्ची र चौखे जोड्ने झोलुङ्गे पुल बुधबार एक कार्यक्रमका बिच गुर्भाकोट नगरपालिका मेयर हस्त पुन र भेरीगंगा नगरपालिकाका निवर्तमान मेयर भुपेन्द्रबहादुर चन्दले रिवन काटेर पुल संचालनको उद्घाटन गरेका हुन् ।

पुल उद्घाटनसंगै बुधबारदेखि झोलुङ्गे पुल संचालनमा आएको छ । निर्माण कार्य सूरु भएको ८ महिनामा ४७ लाख बढी लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । गुर्भाकोटको कोप्ची र भेरीगंगाको चौखे जाड्ने झोलुङ्गे पुल निर्माण भएपछि यस आसपासका हजारौ नागरिकलाई गोचे खोलाबाट वारपार गर्नुपर्ने बाध्यटा हटेको छ । पुल उद्घाटनका प्रमुख अतिथि गुर्भाकोट नगरका मेयर हस्त पुनले दुवै नगरपालिकाका नागरिकलाई १२ महिना सहज आवतजावत बनाउने उद्धेश्यले पुल निर्माण गरिएको बताउनुभयो । एक बर्षअघि भेरीगंगा र गुर्भाकोट नगरका मेयरको सहकार्यमा पुलको आवश्यकता महसुस गरि पुल निर्माण गरिएको उहाँले भन्नुभयो ।

बर्षातमा गोचेखोलाको बाढी र पानीबाट जोखिम यात्रा गर्ने यहाँका नागरिक र विद्यार्थीलाई पुल संचालनसंगै राहात भएको छ । पुल उद्घाटनमा बोल्दै विशेष अतिथि भेरीगंगा नगरपालिकाका निवर्तमान मेयर भुपेन्द्रबहादुर चन्दले पुल संचालनसंगै दुवै पालिकाका नागरिकले छिटो, सुरक्षित र सहज यात्रा गर्न पाएको बताउनुभयो । पुल निर्माणमा सस्पेन्डेट झोलुङ्गे पुल आयोजनाको सर्शत अनुदान ८५ प्रतिशत अर्थात ३५ लाख ८३ हजार पाँच सय ८९ रुपैया लगानी भएको छ । गुर्भाकोट नगरपालिकाको १३ प्रतिशत अर्थात ६ लाख १३ हजार पाँच सय २२ रुपैँया र दुई प्रतिशत जनश्रमदान ९४ हजार तीन सय ८८ रुपैँया गरि ४७ लाख १९ हजार चार सय दुई रुपैँया लागतमा निर्माण भएको हो ।

गतबर्ष माघ महिनामा सूरु भएको झोलुङ्गे पुलको निर्माण कार्य गएको भदौ १९ गते सम्पन्न भएको थियो । ग्रामिण विकास सेवा केन्द्र दैलेखको सामाजिक तथा प्राविधिक सहयोग, गुर्भाकोट नगरपालिकाको समन्वय, प्रादेशिक प्राविधिक सेवा प्रदायक सस्थाको सहकार्य रहेको छ । पुल उद्घाटन कार्यक्रममा भेरीगंगा, गुर्भाकोटका जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, सामाजिक संघसस्थाका प्रतिनिधी र सर्वसाधरणको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here