भेरीगंगा कांग्रेस सभापति तथा लोकतान्त्रिक आन्दोलन अगुवा गिरीको निधन

0
355

भेरीगंगा, सुर्खेत -नेपाली कांग्रेस भेरीगंगा नगरसभापति तथा लोकतान्त्रिक आन्दोलनका अगुवा समाजसेवी ४७ बर्षीय बेदु गिरीको निधन भएको छ । भेरीगंगा १२ छिन्चु निवासी गिरीको शनिबार उपचारका क्रममा ३ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा मत्यु भएको हो । गिरीको निधनले सुर्खेत जिल्लाको राजनैतिक, सामाजिक र लोकतान्त्रिक आन्दोलनमा ठुलो क्षती भएको यहाँका अगुवाहरुले बताएका छन् ।

विगत तीन महिनादेखि मेडिसिटी अस्पतालमा ललितपुरममा भर्ना भई सभापति गिरी उपचार्थ रहेका थिए । पित्तथैलीको क्यान्सर, सुगुर र कोरोनासंग लड्दै आएका गिरीको अल्पायुमै निधन भएको हो । मृतक गिरी राजनितिसंगै छिन्चुमा स्टार माछापुछ्रे होटल संचालन गर्दै आउनुभएको थियो । उनका दुई छोरी र पत्नि हुनुहुन्छ । नगर सभापति गिरीको शव काठमाण्डौबाट आज गृहजिल्ला सुर्खेत भेरीगंगामा ल्याउने कार्यक्रम रहेको कांग्रेस नेता खगेन्द्र नगालले जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेस पार्टी कार्यालय भेरीगंगामा विहान १० बजे श्रदाञ्जाली सभा कार्यक्रम आयोजना गरिएको उनल भन भने । गिरी पुर्व महाधिवेशन प्रतिनिधी, तरुण दल सुर्खेतका पुर्वअध्यक्ष, नेपाली विद्यार्थी संघबाट राजनैतिकबाट सक्रिय रहेका थिए । सुर्खेत जिल्लाबाट नेपाली लोकतान्त्रिक आन्दोलनमा लागेका गिरी पुर्वी सुर्खेतका कांग्रेसका नेतृत्वकर्ता थिए ।

२०४७ सालबाट ने. बि.संघ सुर्खेत क्षेत्र न. १ बाट राजनैतिक यात्रा सुरु गरेक गिरीले नेपाल तरुण दल सुर्खेतका पुर्बअध्यक्ष , नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिका सभापति, युबा नेताका रुपमा क्रियाशील राजनैतिक जीवन अर्पण गर्दै आएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here