भेरीगंगामा ४० लाखका उन्नतजात गाई वितरण

0
231

भेरीगंगा, सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिकामा बुधबार ४० लाख लागतमा पशुपालक कृषकका लागि उन्नत जातका गाई वितरण गरिएको छ । बुधबार नगरपालिकाको पशुपंक्षी विकास शाखाले पहिलो चरणमा १२ वटा उन्नत जातका गाई वितरण गरेको छ ।

नगरपालिकाको छिन्चु र रामघाटमा १२ वटा गाई पशुपालक कृषकलाई हस्तान्तरण गरिएको पशुपंक्षी विकास शाखाका पशु स्वास्थ्य अधिकृत भोजप्रसाद चपाईले जानकारी दिनुभयो । बुधबार नगरपालिका अन्तर्गत रामघाट र छिन्चुमा १२ ओटा गाई लागत साझेदारिमा बितरण गरिएको चपाईले बताउनुभयो । एक स्थानीय तह एक नमुना कार्यक्रम अन्तर्गत नगरको पशुपंक्षी शाखाले गाई वितरण गरेको हो । पशुपक्षी बिकास निर्देक्षनालय सुर्खेतको २० लाख, भे।ीगंगा नगरपालिकाबाट १० लाख भेरी पशु तथा कृषि उत्पादन प्रशोधन रामघाटको १० लाख गरि ४० लाखमा उक्त गाई खरिद गरिएको हो ।

४० लाखमा ३० वटा उन्नतजातका गाई खरिद गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा १२ वटा गाई पशुपालक किसानलाई बितरण गरिएको हो । भेरीगंगा नगरपालिका जिल्लामै पशुपालनका लागि पकेट क्षेत्रका रुपमा लिईन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here