भेरीगंगा, सुर्खेत – भेरीगंगा नगरपालिकास्तरीय दलित प्रोफाईल २०७७ पुस्तकको विमोचन गरिएको छ । एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले भेरीगंगा दलित प्रोफाईलको विमोचन गर्नुभयो । नगरका दलितका समग्र जनसंख्या, वस्तुगत, बसोबास, शैक्षिक, विवाह, जातीय विभेद, रोजगारी, सीप, पेशा, नगरका सुविधाहरुको पहूँच समेटेर दलित प्रोफाईल तयार पारिएको छ ।

नगर दलित प्रोफाईल २०७७ अनुसार भेरीगंगाका १३ वडामा दलितको जनसंख्या ४५ प्रतिशत रहेको छ । दलित प्रोफाईलको सर्वेक्षण अनुसार दलितको नगरमा जनसंख्या १९,००८ रहेको छ । राष्ट्रिय जनगणना २०६८ को सर्भेक्षण अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३३,४३० रहेको छ । नगरपालिकाको दलित घरधुरी सर्वेक्षण २०७७ को सर्वेक्षण अनुसार यहाँका १३ वडाको कुल दलितको जनसंख्या १९,००८ रहेको छ । जसमा महिलाको जनसंख्या ९,५०९ र पुरुक्षको जनसंख्या ९,४९९ रहेको छ । नगरको कुल जनसंख्याको ४४.३ प्रतिशत अर्थात ४५ प्रतिशत दलित समुदायको जनसंख्या रहेको देखिन्छ । प्रोफाईल विमोचनमा सहभागीले यसकै आधारमा नगरले दलित लक्षित कार्यक्रम, निति र बजेट ल्याउनुपर्ने धारणा राखे । समग्रमा दलित समुदायको आम्दानी, पेशा व्यवसाय, शिक्षा, आर्थिक, सामाजिक, राजनैतिक अवस्था तथा राज्यको सेवा सुविधाबाट नगन्यमात्रामा पहूँच रहेको प्रोफाईलको तथ्यांकले देखाएको छ । भेरीगंगा नगरपालिकास्तरीय दलित घरधुरी सर्वेक्षण २०७७ भेरीगंगा नगरकार्यपालिका कार्यालय सहयोगमा मिशन नेपाल मिडियाको सहकार्यमा तयार पारिएको हो ।

द्यलित प्रोफाईलको तथ्याक अनुसार भेरीगंगा नगरमा दलित जनसंख्या १९,००८, दलित महिला ९५०९, पुरुष ९४९९ र घरधुरी संख्या ३७०४ वटा रहेका छन् । यस्तै दलित समुदायको सरदर विवाह औसातउ मेर १७ बर्ष, पहिलो बच्चा जन्माउने सरदर उमेर १८ बर्ष देखिएको छ । कामी, सुनार, सार्की, बादी, दमाई, गन्र्धव दलित समुदायको मुख्य थरहरु रहेका छन् । प्रावि र माविसम्म शिक्षा पढ्ने गरेको र नगरमा दलित समुदायमा हिन्दु धर्म मान्ने ७९ प्रतिशत, क्रिश्चियन धर्म मान्ने १८ प्रतिशत रहेका छन् । यहाँका ७२ प्रतिशत दलित समुदायले जातीय भिवेद महसुस गर्ने गरेका छन् । कृषि, पशुपालन, सिलाईकटाई, जुत्ता सिउने, मिस्त्री उनीहरुको मुख्य पेशा र बार्षिक ५० हजारदेखि ३ लाखसम्म यहाँका दलित समुदायले आम्दानी गर्ने गरेको दलित प्रोफाईलमा पाएको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here