भेरीगंगामा कृषकहरुका बाख्राहरुमा पिपिआरको महामारी

0
340

भेरीगंगा, फागुन २४- भेरीगंगा नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलहरुमा फागुन पहिलो सातादेखि बाख्राहरुमा देखिएको पिपिआर रोगले ३९ वटा बाख्रा मरेका छन् । तीव्र गतिमा फैलिएको पिपिआर रोगले अहिले वडामा दुई सय बढी बाख्राहरु बिरामी भएका छन् । फागुनमहिनादेखि बाख्राहरुमा लागेको पिपिआर रोगले भेरीगंगा वडा नम्बर ३ का डुंगीखोला, भित्रीखोला, औलपराजुल, लेखपराजुलका ५० बढा किसानका बाख्राहरु मर्ने र बिरामी हुने महामारी देखिएको छ ।
बाख्राहरुमा लाग्ने पिपिआर महामारी रोगका रुपमा भेरीगंगा फैलिएको छ । स्थानीय कृषक डम्बरबहादुर देवकोटाले आफुहरुले घरमा पालेका ४ वटा बाख्रा मरेको र अहिले ४ वटा बिरामी रहेको बताउनुभयो । गएको माघ महिनामा कर्णाली प्रदेश पशुपंक्षी विकास निर्देशनालयबाट नेपालगन्जबाट अनुदानमा ल्याएका बिरामी बाख्रा ५ वटा ल्याएपछि सबै बाख्रामा पिपिआर फैलिएको देवकोटाले जानकारी दिनुभयो । भेरीगंगा ३ स्थित भेरीदोभान बाख्रा श्रोत विकास समितिका अध्यक्ष तिलक बुढाले पशुपंक्षी विकास निर्देशनायलको आर्थिक सहयोगमा ल्याएका ६० वटा बाख्रा वितरणपछि पिपिआर फैलिएको बताउनुभयो । उहाका अनुसार वडामा अहिलेसम्म ३९ वटा बाख्रा मरेका छन् भने २०० बढी बिरामी छन् ।

बाख्राहरु पिपिआर फैलने, मर्ने र सन्चो हुने क्रम जारी छ । गएको माघ अन्तिम सातामा नेपालगन्जस्थित किस्मत सप्लार्यबाट ३० वटा पाठापाठी र ३० वटा बोका स्थानीय ३० जना कृषकलाई वितरण गरिएको थियो । बारबरी जातका बिरामी बाख्राहरु ल्याएर किसानलाई बाडेसंगै यो क्षेत्रमा पिपिआरको महामारी फैलिएको हो । उक्त बाख्रा वितरणका लागि पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले ३५ लाख रुपैँया अनुदान दिएको थियो ।

भेरीदोभान बाख्रा श्रोत विकास समितिमार्फत बाडिएका बाख्राहरुमा उच्च ज्वरो आउने, पखाला लाग्ने, खाना नखाने, कोखा हान्ने, सिगान निकाल्ने, आँखामा कचेरा लाग्ने देखिएपटि पशुपंक्षी रोग अन्वशेषण प्रयोगशाला सुर्खेतमा नमुना परीक्षण गर्दा फागुन १९ गते पिपिआर रोग पुष्टि भएको पशुपंक्षी विकास शाखा भेरीगंगाका प्रमुख भोजप्रसाद चपाईले बताउनुभयो । बाख्राहरु विरामी मर्न थालेपछि बाख्राको रगत, स्वाब र मृत बाख्रा समेत परीक्षणका लागि प्रयोगशाला सुर्खेमा पठाएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here