माघ १४- भेरीगंगा नगरपालिकास्तरीय पाँच दिने पत्रकारिता तालिम बुधबारबाट सुरु भएको छ। बिजि मिडिया ग्रुप भेरीगंगाको आयोजनामा एक वडा एक पत्रकार उत्पादन अन्तर्गत नगरस्तरीय पत्रकारिता तालिम सुरु भएको हो । भेरीगंगा नगरपालिकाका १३ वडामा दक्ष पत्रकार उत्पादनका लागि तालिम सुरु भएको हो । पाँच दिने तालिमको उद्घाटन प्रमुख अतिथि तथा वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले गर्नुभयो । तालिमको उद्घाटन गर्दै अध्यक्ष खत्रीले सबै सहभागीलाई दक्ष पत्रकार र व्यवसायीक पत्रकार बन्ने शुभअवसरको कामना गर्नुभयो । भेरीगंगा नगरपालिका क्षेत्रमा संचार माध्यमको आवश्यकता र सम्भावना दुवै रहेको भन्दै वडा, नगरपालिका र आफू संयोजक रहेको सामाजिक विकास शाखाबाट सहयोग,साथ रहने प्रतिबद्वता जनाउनुभयो । तालिममा १३ वडाका २६ जनाको सहभागीता रहेको छ। तालिम १८ गते सम्पन्न हुनेछ। तालिमको उद्घाटन शत्रमा जसपा कर्णाली प्रदेश उपाध्यक्ष रगबिर मिजार, समाजसेवी चन्दबहादुर विक, पत्रकार जेवि सुनार, अस्थायी प्रहरी बिट जहरे ईन्चार्ज एलबि रावत, ट्राफिक ईन्चार्ज टिकाराम मिजारले तालिमको शुभकामना दिदै तालिमको सफलताको कामना गर्नुभयो । तालिम आयोजक बिजि मिडियाका व्यवस्थापक तुलबिर बैगारको सभापतित्वमा संचालन भएको थियो । तालिमको संचालक पत्रकार टेकेन्द बस्यालले गर्नुभएको थियो । तालिम पाँच दिनसम्म संचालन हुनेछ। तालिमको पहिलो दिन सहभागीलाई पत्रकार महासंघ सुर्खेतका सदस्य तथा रेडियो हिमालका पुर्व म्यानेजर जेवि सुनारले समाचार लेखनका बिषयमा सैद्धान्तिक जानकारी दिनुभयो । तालिम अवधिभर प्रशिक्षक जेवि सुनार, टेकेन्द बस्याल, कुलबहादुर खड्का, खगेन्द्र सुनार, ललित बसेल र गणेश बिशुले सहभागीलाई सहजीकरण गर्नुहुनेछ।
Facebook Comments