भेरीगंगा, पुस २७- भेरीगंगा नगरपालिका उपमेयर रेणु आचार्य ढकालले कर्मचारीको असहयोगका कारण नगरको राजस्व संकलन र बजेट कार्यान्वयनमा चुनौती भएको बताउनु भयो । जनप्रतिनिधिले गरेका बजेट, राजस्व तथा आर्थिक विकासका योजना, सहमती, निर्णय कार्यन्वयनमा कर्मचारी बाधा अड्चन र वेवास्ता मुख्य चुनौती रहेको सार्वजनिक कार्यक्रममा जानकारी दिनुभयो । आईतबार सिडिएसजी, जिआईजेडको आयोजना र भेरीगंगा नगरपालिका कार्यलयको सहयोगमा सम्पन्न भेरीगंगामा राजस्व सुधार कार्ययोजना तर्जुमा छलफल नगरको बजेट, योजना, कार्यक्रम, नीति नियम र कार्यलय व्यवस्थापनमा नगर कार्यपालिकाका लागि कर्मचारी को असहयोग, मनपरीतन्त्र र लापरबाहीले सीमा नाघेको भन्दै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका सहसचिव बिष्णुचन्द पौडेलसंग गुनासो पोख्नु भयो ।                              उहाले कर्मचारीसंग जनताका काम छिटो छरितो, सहज रुपमा गर्न जनप्रतिनिधिका लागि प्रतीप्रश्नपुर्ण बनेको भन्नुभयो। कार्यक्रममा नगर प्रमुख मेयर भुपेन्दबहादुर चन्दले नगरपालिकाले आन्तरिक राजस्व विकासमा सोचेजस्तो प्रगति हुन नसकेको र अब बाकी कार्यकालमा सुधार गरिने बताउनुभयो । राजस्व संकलन, राजस्व उपशाखामा कर्मचारी परिचालन, प्राविधिक सामान र दक्ष कर्मचारी व्यवस्थापन तालमेल हुन नसकेको भन्नुभयो । संघीय मन्त्रालयका सहसचिव पौडेलले राजस्व संकलन, मुल्याकन, दस्तावेज, सेवाग्राही मैत्री राजस्व संकलनमा कर्मचारीको अहम भुमिका रहने हुदा स्थानीय सरकारलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभएको । नगरको आम्दानी, खर्च,बजेट, योजना, नीति नियम, निर्णय कार्यान्वयन, सहजीकरण, सेवाग्राहीका काम सरलीकरण र छिटोछरितोका लागि कर्मचारीहरु कटिबद्ध भई लाग्नु पर्ने बताउनुभयो । सिडिएसजीका प्राविधिक सल्लाहकार अरुण श्रेष्ठले आन्तरिक राजस्व स्थानीय सरकारको विकासका लागि मेरुदण्ड हुने बताउनुभयो । भेरीगंगाको अहिलेसम्म राजस्व संकलन, दस्तावेज र सहज सुचना प्रवाहमा कर्मचारीबाट सन्तोषजनक काम हुन नसकेको अध्ययन देखाएको भन्नुभयो ।                                     कार्यक्रममा सहभागी जनप्रतिनिधिले नगरमा प्रशासकिय प्रमुख र लेखा प्रशासनबाट सेवाग्राहीका काम अड्काउने, प्रकिया पुग्दा पनि हप्तौ फाईल रोकेर राख्ने, कार्यापालिका निर्णय बेवास्ता गर्ने, नगरबासीका नगरसम्बन्धि काममा दुख दिने गरेको गुनासो गरे।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here