भेरीगंगा, कार्तिक २५- मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा सहित देशैभर आजबाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ को भेरीगंगा नगरपालिकाको दुई स्थानबाट एकैसाथ उद्घाटन गरिएको छ । भेरीगंगा ९ जहरेबजारबाट भेरीगंगा नगरप्रमुख भुपेन्द्रबहादुर चन्द र वडा नम्बर १२ बाट उपप्रमुख रेणु आचार्यले जनगणना सूचीकरण फाराम भर्दै भेरीगंगामा उद्घाटन गर्नुभएको हो ।

भेरीगंगा ९८ जहरेस्थित रत्नलाल श्रेष्ठको जनगणना सुचीकरण फाराम भर्दै मेयर चन्दले गणकहरुले हतार नगरि धैर्यका साथ घरघरमा पुगेर तथ्याङ्क लिन आग्रह गर्नुभयो । घरघरमा पुगेर तथ्याङ्क लिने गणकलाई शुभकामना दिदै मेयर चन्दले नगरबासीलाई गणकहरुले सोधेको प्रश्नहरुको सही जवाफ दिई सहयोग गर्न आवाह्न गर्नुभयो । उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष लक्षुमण राना, वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्री, स्थानीय समाजसेवी गोमा सुनार, ज्ञानलाल गिरी, स्थानीय प्रहरी प्रशासनको सहभागीता रहेको थियो । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा आजदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको भेरीगंगा ९ जनणना सुपरीवेक्षक खुमकुमारी पौडेलले बताउनुभयो । । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने स्थानीय जनगणना कार्यालय भेरीगंगाका संयोजक कुलबहादुर खड्काले बताउनुभयो । भेरीगंगाका १३ वडामा स्थानीय वडाअध्यक्षको सभापतित्वमा जनगणना कार्याक्रमको शुभारम्भ भएको खड्काले जानकारी दिनुभयो ।

यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here