भेरीगंगा, कार्तिक २७- भेरीगंगा नगरपालिकाका १३ वडामा शनिबार एकैसाथ वडा महाधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडामहाधिवेशनबाट कतै सर्वसम्मत त कतै निर्वाचन प्रक्रियाबाट वडा सभापति, कार्यसमिति, क्षेत्रीय प्रतिनिधी सदस्यहरु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाको वडा अधिबेशन बाट निर्वाचित वडा सभापतिहरुमा वडा नम्बर १ मा शेरवहादुर रावत, वडा २ बाट टोपबहादुर ताराम, ३ बाट भावी थापा, ४ मा शेरबहादुर खत्री, ५ मा शंकर घर्ती, ६ मा तारा गिरी, ७ मा कर्णबहादुर मिजार, ८ मा नरबहादुर वि.क., ९ मा प्रेमबहादुर आग्री, १० मा बिरबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । यस्तै वडा ११ को सभापतिमा जस्बीर चन्द, १२ मा गंगबहादुर बुढा र वडा नम्बर १३ मा सभापति मानसिंह रानासहित सम्पूर्ण पदाधिकारी सदस्य, क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

भेरीगंगा वडा नम्बर ६, ८ र १२ बाहेक सबै वडाहरुमा सर्वसम्मत नँया नेतृत्वय निर्वाचित भएका निर्वाचित कमिटिले जानकारी दिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here