भेरीगंगा, असार १७ – पशुपंक्षी बिकास निर्देशनालय सुर्खेत र भेरीगंगा नगरपालिकाको सहकार्यमा एक स्थानिय तह एक नमुना कार्यक्रम अन्र्तगत नगरका ३० जना कृषकलाई ४० लाख रुपैँया लागनमा उन्नत गाई वितरण सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै भेरीगंगा नगरपालिका पशु शाखा कार्यालयले ३० वटा उन्नत जातका गाई ३० जना पशुपालक कृषकलाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दले ३० वटा उन्नत जातका गाई किसानलाई बितरण गरेका हुन् । नगरपालिकाले दुई चरणमा ४० लाख लागतमा पशुपालक कृषकका लागि उन्नत जातका गाई वितरण गरिएको हो । नगरपालिकाको पशुपंक्षी विकास शाखाले पहिलो चरणमा बुधबार १२ वटा र मंगलबार १८ उन्नत जातका गाई वितरण गरेको हो । नगरपालिकाको छिन्चु र रामघाटमा ३० वटा गाई पशुपालक कृषकलाई हस्तान्तरण गरिएको पशुपंक्षी विकास शाखाका पशु स्वास्थ्य अधिकृत भोजप्रसाद चपाईले जानकारी दिनुभयो । रामघाट र छिन्चुमा ४० लाख लगातमा ३० वटा गाई लागत साझेदारिमा बितरण गरिएको चपाईले बताउनुभयो । एक स्थानीय तह एक नमुना कार्यक्रम अन्तर्गत नगरको पशुपंक्षी शाखाले गाई वितरण गरेको हो । पशुपक्षी बिकास निर्देक्षनालय सुर्खेतको २० लाख, भेरीगंगा नगरपालिकाबाट १० लाख भेरी पशु तथा कृषि उत्पादन प्रशोधन रामघाटको १० लाख गरि ४० लाखमा उक्त गाई खरिद गरिएको हो ।

४० लाखमा ३० वटा उन्नतजातका गाई खरिद गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा १२ वटा गाई पशुपालक किसानलाई बितरण गरिएको हो । भेरीगंगा नगरपालिका जिल्लामै पशुपालनका लागि पकेट क्षेत्रका रुपमा लिईन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here