भेरिगंगा नगरपालिकास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न

0
314

दिलिप ढकाल, गुर्भाकोट चैत्र २० – भेरिगंगा नगरपालिकास्तरीय अर्धबार्षिक सार्बजनिक आईतबार सुनुवाई सम्पन्न भएको छ । स्थानिय जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सकिनै लाग्दा तत्कालिन आवस्थामा जनता माझ गएर आफुले गरेका बाचा र प्रतिबद्धताको समीक्षासहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । दोस्रो चरणको सार्वजनिक सुनुवाई कार्यक्रम भेरीगंगा नगरपालिका सभाहलमा गर्ने गरि भेरीगंगा ८ मा संचालित सार्वजनिक सुनुवाई आईतबार सम्पन्न भएको हो ।

चालू आर्थिक बर्ष २०७८।२०७९ का विकास योजना, कार्यक्रम र बजेटको खर्च अवस्था, समग्र बजेट कार्यान्वयन र नगरले प्रदान गर्ने सेवा सुविधाको समीक्षा सहित सावर्जनिक सुनुवाई भएको हो । नगरका चालू बर्षका बजेट, कार्यक्रम के कति पुरा भए भन्ने बिषयमा केन्द्रित हुने सार्बजनिक सुनुवाई रेडियो बिजी एफएमको समन्वय र नगरपालिकाको आयोजनामा भएको हो । कार्यक्रममा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सम्पन्न गर्दै मेयर चन्दले चालू बर्षका ७० प्रतिशत कार्यक्रम सम्झौता र कार्यान्वयन भएको भन्दै नगरका सेवा, सुविधा छिटोछरितो र कमजोरी सच्याउन आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

सार्बजनिक सुनुवाईको अतिथि हरुमा भेरिगंगा नगरपालिका उपमेयर रेणु आचार्य, लेखा अधिकृत मानबहादुर ठाडा, अधिकृत कुलबहादुर खड्का, पशुपंक्षी बिकास शाखा प्रमुख भोजप्रसाद चपाई, आयुर्वेद शाखा प्रमुख छविलाल खड्का, वडा नम्बर २ का वडाअध्यक्ष नन्दबहादुर बुढा, वडा नम्बर ९ का वडाअध्यक्ष लक्ष्मण राना, ८ का वडाअध्यक्ष पदम हादुर खत्री, १० का वडाअध्यक्ष मानबहादुर बुढा, ६ का वडाअध्यक्ष बलबहादुर खड्का, वडा ७ का अध्यक्ष कर्णबहादुर मिजार लगायतको सहभागीता रहेको थियो । राजनैतिक दलका प्रतिनिधीमा नेपाली कांग्रेसका प्रतिक्षा विक, नेकपा एमालेका सीता शर्मा, नेकपा एसका रुद्धबहादुर विक, जसपाका रगविर मिजार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागी तथा सेवाग्राहीले नगरले कृषि, पशु र रोजगारमा कम लगानी गरेको, सडक बाटोहरु स्तरीय हुन नसकेको, खानेपानीको समस्या, अव्यवस्थित र सुकुमबासी लालपुर्जा वितरणमा ढिलाई लगायतका विषयमा सवाल राखेका थिए ।

कार्यक्रममा ७१ जनाको सहभागीता रहेको थियो । सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन रेडियो बिजी एफएमका समाचार प्रमुख जेबि सुनारले गर्नुभएको थियो भने स्टेशन म्यानेजर टेकेन्द्र बस्याल, बजार प्रमुख दिलिप ढकाल, प्राबिधिक प्रमुख हरि रोकाय, कार्यक्रम प्रमुख बिक्रम तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले स्थानिय जनप्रतिनिधिहरुले तत्कालिन अबस्थामा जनता माझ गयर गरेका आधा जस्तो बाचा प्रतिबद्धता पुरा गरेपनि बाँकी कामहरु किन गर्न नसकेको जस्ता विषयमा गुनासो गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here