बोटेचौरमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ढल निकास बन्दै

0
385

अम्मर राजवंशी, फागुन २१ – गुर्भाकोट नगरपालिका वडा न ९ को बोटेचोरमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ढल निकास बन्ने भएको छ । करिव ३० लाखमा स्थानीय खहरेखोलामा ढल निकास योजना बन्ने भएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले उक्त आयोजनाको उद्घाटन गनुभएको हो । मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको उक्त बजेटमा ढल निकासाको शिलान्यास गरिएको हो । उक्त कार्यक्रममा बोल्दै बिष्टले बेरोजगार युवाहरुका लागि केही दिन भएपनि रोजगार पाउने बताउनुभयो । गुर्भाकोट ९ मा बेरोजगार जनताले केहि समय भएपनि रोजगार पाउने वडा सदस्य नन्दलाल घर्ती जानकारी दिनुभयो ।

अहिले ३० लाख बजेटबाट ढल निकासाको कामबाट स्थानीय एक सय घरधुरीका बेरोजगार युवायुवतीले रोजगार पाएका छन् । ढल निकासा निर्माणको काम शिलान्याससंगै सुरु समेत भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here