बाँकेका जनप्रतिनीधीसँग भिडियो सम्वाद

0
322

नेपालगज, बैशाख १५ गते – बाँकेका जनप्रतिनीधीहरुले आपतकालीन स्वास्थ्य सेवा, अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।  कोरोना (कोभिड –१९) को जोखीम न्यूनीकरण, उपभोग्य वस्तुको सहज परिपुर्ती, जनप्रतिनीधीको भूमिका र सरोकार पक्षसँगको सहकार्यका सन्दर्भमा जनप्रतिनीधीसँग सोमबार गरिएको भिडीयो सम्वादमा सो प्रतिवद्धता सार्वजनिक भएको हो । सम्वाद समूह बाँकेको पहलमा सात वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच गरिएको अनलाईन भिडीयो कलमा कोरोना रोकथाम र नियन्त्रण, विपन्नलाई राहत वितरण, खाद्यान्न÷ तरकारी सहज विक्री व्यवस्थापन आदिलाई प्राथमिकतामा राखेर काम गरिएको जनाइयो ।

स्वास्थ्य, सुरक्षा, वाणीज्य, सामाजिक÷नागरिक संघ संस्था लगायत सम्वद्ध सरोकार निकायसँग प्रभावकारी समन्वय नगरेको गुनासो सार्वजनिक भइरहेका बेला जनप्रतिनीधीले भने आपतकालीन अवस्थामा सबैसँग समन्वय र सहकार्य गर्ने हर प्रयास गरिएको दावी गरेका छन् । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सम्वादको आवश्यक्ता माथि प्रकाश पार्दै सहजीकरण गर्नु भएको अन्तरक्रियात्मक सम्वादमा स्थानीय सरकार प्रमुखहरुले खाद्यान्न, तरकारी, कृषि सामाग्री जस्ता अत्यावश्यक बस्तुको सहज पुर्ती, मापदण्डअनुसार प्रभावकारी राहत वितरण र आधारभुत स्वास्थ्य (खोप) सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अलपत्र परेकाको उद्धार÷ व्यवस्थापन, विपन्नलाई राहत वितरणमै ध्यान केन्द्रीत गरिएको स्वीकार्नु भयो । सरोकार पक्षबीच समन्वय गरिएपनि स्थानीय तहबीचमा पनि समन्वय र सहकार्य बढाइनु पर्ने आवश्यक्ता उहाँले औल्याउनु भयो । उहाँले अब शिक्षा, स्वास्थ्य सेवा, कृषि विउ विजन व्यवस्थापन, तरकारी बजारी करण लगायतका कार्य गर्नु पर्ने बताउनु भयो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना जोखीम न्यूनीकरणका लागि सचेतनामुलक पर्चा, पम्पलेट, राहत वितरणसँगै अब दोस्रो चरणको राहत वितरणलाई प्रभावकारी बनाउन कार्यविधी बनाइएको स्पष्ट पार्नु भयो । भारतबाट आयातित तरकारीमा पूर्ण रोक लगाइएको र स्थानीय तरकारी वजारीकरणलाई प्रवद्र्धन गरिएको पनि उहाँले जानकारी दिनु भयो ।   खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतीले सम्भावित कोरोना संक्रमीतका लागि क्वारेन्टाईन, आइसुलेशन स्थापना गरिएकोे, आपतकालिन स्वास्थ्य सेवा, कृषि एम्वुलेन्स सेवा सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार वास्तविक तथ्यांक संकलनका लागि स्वास्थ्य स्वयंसेवीका पनि परिचालन गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सतर्कता अपनाउँदै सामाजिक विकास निर्माणका कार्यलाई पनि बढाउने तयारी भइरहेको जनाउनु भयो । थप राहत वितरणलाई प्रभावकारी बनाइने, तरकारी उत्पादनलाई बजार सम्म पु¥याउने, विद्यार्थी लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले प्रष्टयाउनु भयो । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले १९ गतेबाट नियमित आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले कोरोना नियन्त्रणका लागि हर सम्भव प्रयास गरेको र अझैं जोखीम न्यूनीकरणका कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।  बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, जानकी गाउँपालिका उपाध्यक्ष भूमीसरा धिताल, खजुरा गाउपालिका उपाध्यक्ष एव) सम्वाद सदस्य एकमाया विक लगायतले आफुहरुले गरिरहेको प्रयास र आगामी तयारी बारे पनि अनुभव शेयर गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here