पौडेल गुट अडानले सुर्खेत र डोल्पामा क्रियाशील अन्यौलमै

0
151

सुर्खेत, भदौ ३१- जिल्ला सभापतिहरुको गुटगत स्वार्थमा लिप्त र आफ्नो राजनैतिक स्वार्थ दाउपेचमा अडिग बन्दा कर्णाली प्रदेशको सुर्खेत र डोल्पामा नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद चुलिएको छ । विगतमा कांग्रेसमा समायोजन भएका पार्टीहरु सुर्खेतमा अखण्ड नेपाल र डोल्पामा राप्रपाबाट सिफारिस भएका नँया सदस्यता पार्टी सभापतिको स्वार्थका कारण रोकिन गई पार्टी अधिवेशन दुई जिल्लामा अलमलमा परेको हो । कांग्रेस दल समायोजन समिति र सदस्या विवाद समितिदेखि केन्द्रिय कार्यसमितिले सुर्खेत र डोल्पाको विवादित सदस्यता निर्णय गरि जिल्लामा पठाएपनि विवाद खडा गरिएको बुझिएको छ ।

दुई जिल्ला पार्टी सभापतिहरु रामचन्द्र पौडेल निकट भएकै कारण आफ्नो राजनैतिक भविष्य जोखिममा पर्ने भन्दै क्रियाशील सदस्यता विवाद बल्झाउनमा लागेको कांग्रेस समायोजनमा रहेका पार्टीहरुको भनाई छ । यही विवादका कारण सुर्खेत र डोल्पामा वडा अधिवेशन नहुँदा महाधिवेशनका अरु तालिका समेत प्रभावित हुने देखिएको छ । सुर्खेतको मूल विवाद हो, पार्टी एकतापछि ‘अखण्ड नेपाल’ बाट आएकालाई दिने सदस्यता । यस्तै डोल्पामा राप्रपाबाट आएका नँया सदस्यता नामावली टुङ्गाले लगाउने । यहाँ पौडेल समर्थ पार्टी सभापति र अन्य वडा सभापतिहरु अखण्ड नेपाल पार्टी र राप्रपाबाट आएकालाई सदस्यता नदिने र स्वीकार नगर्ने पक्षमा देखिएको काग्रेस महासमिति सदस्य प्रेमप्रकाश खड्काले बताउनुभयो । जिल्ला सभापतिहरु पार्टी र नेतृत्व पुरानो शैलीमा चलाउँदै आएको र नँया सदस्यता सबैलाई दिदा आफ्नो राजनैतिक सकिने तथा नँया पुस्तासंग प्रतिस्पर्धामा डराएको खड्काको भनाई छ । सदस्यता विवाद समाधान समिति र केन्द्रिय कार्यालय कांग्रेसले समायोजन गर्न भनेर जिल्ला कार्यसमितिलाई सुर्खेतमा १९९ र डोल्पामा ५०० जनाको लिष्ट पठाएको थियो । सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी र डोल्पामा सभापति अंगद बुढा रामचन्द्र पौडेल निकट हुन् । जिल्लामा उनीहरुलाई केन्द्रीय सदस्य हृदयराम थानीले साथ दिइरहेका छन् । डोल्पाका ५०० नँया सदस्यता केन्द्रबाट निर्णय भएपनि जिल्ला सभापतिले गुटगत स्वार्थमा अड्काईरहेको नेपाली कांग्रेस केन्द्रिय सदस्य कर्णबहादुर बुढाले बताउनुभयो । समायोजनपछि जहाँबाट सिफारिस भएपनि क्रियाशीलताहरु काग्रेसीहरु नै हुन् तर जिल्ला सभापतिको स्वार्थ र गुटगत दवाव देखिएको बुढाले भन्नुभयो । अहिले अखण्ड नेपाल र राप्रपाबाट सिफारिस गरिएका सदस्यतालाई कांगे्रस सस्थापन पक्ष र महामन्त्री पूर्णबहादुर खड्का जोडेर सुर्खेत, डोल्पामा व्यापक प्रचार गरिएको छ । जिल्लामा सभापति र केन्द्रमा रामचन्द्र पौडेल गुटको व्यक्तिगत स्वार्थ, राजनैतिक भविष्य जोखिम देखेर विवाद खडा गरिएको समायोजन पार्टीहरुको भनाई छ । सुर्खेतमा जिल्ला सभापति र पौडेल गुट भनिएकाहरुमा सहजै सदस्यता विवाद छिनोफानो गरिएपनि समायोजन पार्टीका सदस्यातामा भने अल्झन गरिएको छ । नँया सदस्यतालाई विभिन्न प्रलोभन, दवावमा नँया सदस्यता जिल्ला सभापतिको लाईनबाट प्रक्रिया गराउन दवाव दिएको उनीहरुको भनाई छ ।

समायोजन पार्टीका सदस्यता विवाद देखाई आगामी महाधिवेशनबाट पार्टी सभापति देउवा र महामन्त्री पुर्णबहादुर खड्काको राजनैतिक असर पुर्याउने गुटगत स्वार्थ हावी भएको कांग्रेस महाधिवेशन प्रतिनिधी प्रेमप्रकाशन खड्काले आरोप लगाउनुभयो । अखण्ड नेपालले २०७४ सालको निर्वाचनमा उम्मेदवार उठाएपनि भोट कांग्रेसमै हालेको कारण अखण्डको भोट कमी आएको थियो, उहाँले भन्नुभयो, निर्वाचनको मत भन्दै अहिले १९९ जनाको सदस्यता सिफारिसमा विवाद बनाएको छ । कांग्रेस केन्द्रले अखण्ड नेपाल पार्टी र राप्रपाबाट आएकाहरुलाई क्रियाशील सदस्यता दिनका लागि भन्दै कार्यविधी नै लेखेर पठाइसकेको छ । आगामी असोज ५ गते वडा अधिवेशन गर्ने भनिए पनि हालसम्म जिल्ला सभापतिको स्वार्थले मतदाता नामावली सार्वजनिक भएको छैन् । जसका कारण केन्द्रले मतदाता नामावलीको सूची अहिलेसम्म प्रकाशित गरेको छैन । मतदान अधिकृत पनि तोकेको छैन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here