पाटे बाघले दुई जना मारेपछि क्षतिपुर्ती माग गर्दै प्रदर्शन

0
181

दिलिप ढकाल, साउन ३० -आईतबार विहान ८ः०० बजे तिर मध्यवर्ती क्षेत्रको जंगलमा घाँस काटन गएका भेरीगंगा नगरपालिका वडा नम्बर ५ बबई गेरुवानीका ४८ बर्षिय पुरुष रामवहादुर चन्द र सोही ठाउँकि ६७ बर्षिय महिला कवि वलीलाई बाघको आक्रमणमा मृत्युपछि सोमबार बबई बजार क्षेत्रको रत्नराजमार्गमा विरोध प्रदर्शन गरिएको छ । निकुञ्ज र प्रशासनको लापरवाहीले पाटे बाघले मान्छेको मारेको भन्दै आक्रोसित आफन्तले दिनभर बबई क्षेत्रको सडक अवरुद्ध गरेका हुन् ।

सोहि घटना लाई लिएर आबश्यक क्षतिपुर्तिको माग गर्दै आफन्तीले आन्दोलन गरेका थिए । बिहान करिब ८ बजे तिर आफन्ती उपस्थित भएर भेरिगंगा नगरपालिका वडा नम्बर ५ को बबई मा प्रदर्शन गरि अवरुद्ध सडक भने बेलुका सूचारु भएको छ । मृतकका आफन्तीले नेपालगंज सुर्खेत सडकखण्ड अन्तरगत बबईमा टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न कोसिस गरेपनि स्थानीयले प्रदर्शलाई झन् चर्काएको वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले जानकारी दिनु भयो । दिनभर स्थानीयले अवरोध गरेको रत्न राजमाग सडक बेलुकाबाट सूचारु भएको छ । जिल्ला प्रशासनका कार्यालय र स्थानीय बिचको सहमती पछि अवरुद्ध रत्न राजर्माग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्ड ६ घण्टापछि खुलेको छ ।

स्थानीयले अवरुद्ध गर्दै स्थानीयले मानवीय क्षति पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, उचित क्षतीपूर्ती दिनुपर्ने र मध्यवर्ति क्षेत्रको खारेजीको माग गरेका थिए । स्थानीय प्रशारसन, बर्दिया निकुञज र पिडित पक्षबिच वार्ताबाट सहमती गर्ने सहमतीपछि सडक सूचारु भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here