नमुना जेसिज गाँउ धनुबासमा सौर्य बत्ती र खाद्यन्न सामाग्री वितरण

0
129

भेरीगंगा भदौ, ७ सुर्खेत । भेरीगंगा जेसिज वर्ष २०२१ को आयोजना तथा रेरि बाँकेको सहयोगमा नमुना जेसिज गाँउ धनुबास मा ५६ घर परिवारलाई सौर्य बत्ती र ३२ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

आइतबार ‘मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो, भन्ने मुल नाराको साथ रेरि बाँकेको सहयोगमा भेरीगंगा जेसिज २०२१को समन्वयमा उक्त सामाग्री वितरण गरिएको आयोजकले जानकारी दिएको हो ।

भेरीगंगा जेसिज वर्ष २०२१ अध्यक्ष रामु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा डि.जी का सन्तोष रिजालको प्रमुख अतिथि र रेरि बाँकेका अध्यक्ष पुनीत विक्रम शाहको विशिष्ट अतिथ्यको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको संयोजन नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष तिर्थ पौडेलले गर्नुभएको थियो भने । वडा अध्यक्ष नबराज कार्कीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा रेरि बाँकेका अन्य पदाधिकारी एवम् सदस्यहरुको भेरीगंगा जेसिजका पदाधिकारी जेसिज नमुना गाउँका ६० सदस्यहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here