नगरपालिका द्धारा ६४ विद्यालयलाई ल्यापटप वितरण

0
192

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई प्रति विद्यालय एक–एक वटाको दरले ६४ वटा ल्यापटप वितरण गरिएको हो ।

नगरपालिका उपप्रमुख मोहनमाया ढकालले कोरोना महामारीको कारण शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट पठनपाठनलाई सहज बनाउनको लागि ल्यापटप वितरण गरिएको बताउनुभयो । यस कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । साथै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिइने नगरपालिकाको योजना रहेको छ ।

यस्तै महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टले गर्दा शिक्षा क्षेत्रमा ठूलो असर परिरहेको छ । यस्तो महामारीको कारण पनि इन्टरनेटको पहुँमा रहेका विद्यार्थीहरुले मात्र भर्चुअल माध्यमबाट शिक्षण सिकाई गरिरहेका छन् । दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई भने ठुलो चुनौती रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here