दोषीमाथि कारवाही, क्षतिपूर्ति मागसहित जाजरकोटमा अनसन

0
593

जाजरकोट, जेठ १४- नवराज विक लगायत मारिएका युवाहरुको हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा रिले अनशन शुरु भएको छ । मंगलबार दिउँसोदेखि उनीहरुले रिले अनशन शुरु गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय अगाडी मृत्तकका आफन्त, दलित अधिकारकर्मी, पत्रकार र स्थानीयहरुले रिले अनशन शुरु गरेका हुन । प्रशासनको गेटमै अनसन जारी राख्ने उनीहरुले बताएका छन ।

विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेका जाजरकोट रानागाउँका नवराज विकसहित तीन जनाको हत्या भएको थियो । नवराजसँग गएका अरु तीन जना अझै बेपत्ता छन । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा सलंग्न भएको आरोपमा रुकुम सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत १५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान फितलो भएको र हत्यारालाई लुकाउन खोजिएको भन्दै मृत्तकका आफन्त र अधिकारकर्मीले रिले अनसन शुरु गरेका छन ।

सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here