देशको न्याय गर्ने तयारीमा रहेका नवराजले अाफै राज्यबाटै न्याय पाएनन् ?

0
658

जाजरकोट, जेठ १७- जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक गएको मंसिर नेपाल प्रहरीमा लिखितमा नाम निकालेका थिए । नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा मंसिरमा लिखित नाम निकालेर प्रहरी जवानमा जागिरबाट देश र जनताको न्याय र सेवाका लागि नवराज तयारीमा थिए

उनी सानैदेखि देशको सेवा र न्यायका लागि लागि परेका थिए । उनकि अामा उर्मिला भन्नुहुन्छ, नेपाल प्रहरीबाट जागिर गरेर देशको सेवाबाट न्याय गर्ने रहर थियोे । नेपालगन्ज प्रहरी तालिम केन्द्रमा लिखित नाम निकालेका नवराज प्रहरी जागिर पक्कापक्की थियो । सानैदेखि खेलकुद र प्रहरी सेवाका लागि हुरुक्क उनीको सपना रुकुम चौरजहारीमा जेठ १० गते कुटपिट गरि हत्यासंगै तुईएको छ। अन्तरजातिय सम्बन्धका कारण रुकुमकी सुष्मा मल्लसंगको सम्बन्धकै कारण नवराज र उनका ५ जनाको हत्या भयो । नेपाल प्रहरीको जागिरबाट देश र जनताको सेवा गर्ने उनी मृत्युपछि भने नेपाल प्रहरीबाटै न्याय पाउन सकेका छैनन्। रुकुम चौरजहारीमा कुटपिट गरि भेरी नदिमा फालेर हत्या गरिएका नवराज लगायतले नेपाल प्रहरीबाट न्याय पाउन सकेका छैनन्। रुकुम घटना अहिले नेपाल प्रहरी र राज्यबाटै उपेक्षामा परेको दलित गैर सरकारी सस्था महासंघ प्रदेश ५ का अध्यक्ष डिलबहादुर परियार बताउँछन्।

राज्य र प्रहरीबाट नवराजले न्याय नपाएको उनी भन्छन्। कोरोनापछि अहिलेसम्म भएको लकडाउनले नवराजको प्रहरी जागिर र सेवा सपनामै सिमीत भएको छ। प्रहरीले घटना अनुसन्धानमा लापरवाही र ढिलासुस्ती गर्दै अाएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here