दलित समुदायद्वारा बाकेमा बिशाल शक्ति प्रदर्शन

0
285

नेपालगन्ज, चैत ३०- राज्यबाट दनम, शोषण, हत्या हिँसा, विभेद भएको भन्दै यहाँका दलित समुदायले बाँके जिल्लामा अहिलेसम्मकै ठुलो शक्ति प्रदर्शन गरेका छन् । जिल्लादेखि प्रदेश, केन्द्रको सरकारलाई दवाव दिन र खवरदारीका लागि आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियान अन्तर्गत जिल्लामै अहिलेसम्मकै ठुलो विरोध र शक्ति प्रदर्शन भएको हो ।

बाँके जिल्लासंगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २० हजार दलित समुदायको सहभागीतामा सोमबार नेपालगन्जमा शक्ति प्रदर्शन भएको हो । दलित समुदायमाथि राज्य तहबाटै भैईरहेको राजनिति, आर्थिक, सामाजिक, साँस्कृतिकदेखि दलित भएकै कारण बलात्कार, हत्या, कुटपिटदेखि छुवाछुतको विरोध र खवरदारीमा हजारौले एकै स्वरमा आवाज बुलन्द गरेका हुन् । दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले नेपालगजंमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन गरेको थियो । राज्यका हरेक अंग र निकायमा दलित समुदायका सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिनुभयो । उहाँले राज्यको संरक्षणमा दलितविरु हिँसा, बलात्कार र विभेद भएको भन्दै अव दलित एकता, खवरदारी र क्रान्ति जरुरी रहेको बताउनुभयो । दलित समुदायले अव एकताको आवाज सूरु गरिसकेको भन्दै संयोजक सुनारले राज्यको दमन र विभेद विरुद्ध अन्तिम संघर्षमा उत्रन सबैलाई आग्रह गर्नुभयो । जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन र सरकारलाई दबाब दिन सोमबार नेपालगन्जको त्रिभुवन चोकमा प्रदर्शन आयोजना गरिएको हो । प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपालीलगायत दलित अगुवाहरुको सहभागिता थियो । सहभागी अतिथिहरुले राज्यका हरेक क्रान्ति र परिवर्तनमा हजारौ दलित समुदाय सहिद भएपनि दलितमाथिको विभेद र दमन उस्तै रहेको बताउनुभयो । उनीहरुले अवको संघर्ष र आन्दोलन दलितका लागि दलितकै नेतृत्व जरुरी रहेको भन्दै यसको सूरुवात बाँकेमा पनि भएको उद्घोष गरे ।

आयोजित प्रदर्शनमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाटसमेत २० हजारको संख्यामा सहभागिता रहेको थियो । संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको सहभागीले बताए । यो अभियानले अब संघीय राजधानी काठमाडौंलगायत देशका ठूला सहरमा यस्ता जागरण अभियान र प्रदर्शनलाई निरन्तरता दिने संयोजक सुनारले बताउनुभयो । संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको सहभागीको भनाई थियो । यसअघि अभियानले सप्तरी र दैलेख जिल्लामा प्रदर्शन गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here