दलित युवायुवतीका लागि सिपमुलक तालिम सूरु

0
379

विक्रम तिवारी, चैत १९- भेरीगंगा नगरपालिका वडा नं. ९ जहरेमा एक महिने व्यवसायीक तालिमको आज उद्घाटन भएको छ । भेरीगंगा नगरपालिकास्तरीय उक्त तालिममा चार वटा ईभेन्टमा तालिम संचालन हुनेछन । तालिम अन्तर्गत मोटरसाईकल मर्मत, सिलाई कटाई, मार्वल र आधारभुत पत्रकारिता सम्बन्धी तालिम रहेका छन् ।

भोलि आईतबारदेखि नियमित रुपमा हुने तालिममा भेरीगंगा नगरपालिकाका १३ वटै वडाबाट प्रशिक्षार्थीको सहभागीता रहने बताईएको छ । तालिमको आज एक कार्यक्रमका विच भेरीगंगा नगरपालिका कार्यपालिका सदस्य शेरबहादुर कामीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य विकले एक महिनामा सिकेको सिपलाई जिवन व्यवहारमा उतारी आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गर्नुभयो । चार वटा तालिम निशूल्क रहेको छ ।

भेरीगंगा नगरपालिकाको आर्थिक सहयोग र रेडियो विजी एफएमको सहजीकरणमा हुने तालिमको उद्घाटन सत्र रेडियो विजीका समाचार प्रमुख जेवि सुनारको सभापतित्व र रेडियोका स्टेशन मेनेजर टेकेन्द्र बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here