डुडुवा, जेठ २४- बाँके डुडुवा गाउँपालिकाले थप दुई वटा कोरोना आइसोलेशन थपेको छ । गाउँपालिकाले वडा नंं ३ स्थित बनकट्टी मावि र वडा नंं २ स्थित आधारभुत विद्यालय सन्तलियामा थप आइसोलेशन स्थापना गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
हरेक स्थानीय तहले आफै आइसोलेशन बनाउने निर्देशन भए बमोजिम पालिकामा उपलब्ध साधन स्रोतका आधारमा आइसोलेशन बनाएको शाखा प्रमुख बुढाले बताउनुभयो । मापदण्ड अनुसारको आइसोलेशन बनाउन चिकित्सक, विभिन्न मेडिकल उपचार सामाग्री तथा आवश्यक प्रविधी, जस्ता अत्यावश्यक सुबिधा नहुदा कठिनाइ भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले आइसोलेशन निमार्ण जस्ता विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गसंग छलफल गर्दा प्रजिअ कुरुम्वाङ्गले जिल्लाका हरेक गाउँपालिकाले आइसोलेशन बनाउन र प्रत्येक पालिकालाई एक जना मेडिकल अधिकृत पठाउने विषयमा तत्काल पहल गर्ने कुरा भएको जानकारी गराउनुभयो ।
३ वटा आइसोलेशन अन्र्तगत बनकट्टी माविमा २० जना कोरोना आरडिटी पोजेटिभ, शाहपुर्वाको विद्यालयमा ८ जना कोरोना संक्रमण (पिसिआर) पोजेटिभ र सन्तलियामा १० जना कोरोना संक्रमण (पिसिआर) पोजेटिभलाई राखिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here