झिङ्गनी खोलामा पुल नहुदा बर्षातमा स्थानीयलाई सास्ती

0
220

शृजना बारघरे, असोज १- भेरीगंगा नगरपालिका ८ र ९ नौ वडाको नजिकै रहेको झिङ्गनी खोलामा पुल नहुदा स्थानीयलाइ समस्या भएको छ । बर्षातको समय भएकाले अहिले पानी परेकाले खोलामा नभएकाले भेरीगंगा ८ लगायत वडा नम्बर ७ का स्थानीयबासीलाई बर्षातमा आवतजावतमा सास्ती हुने गरेको हो ।

पानी आइ खोला तर्न नसक्ने हुदा पनि त्यहाका स्थानीय ज्यान जोखिममा पारेर खोला तर्न बाध्य भएका छन । त्यही खोला नजिकै पानीको धारा समेत रहेको र त्यो धाराको पानी भेरीगंगा वडा नम्बर ९ का स्थानीयले समेत पिउने भएकाले पानी लिन आउदा पानी परेर खोला आउदा खोला कति खेर ओथाउला र घर जाउला भनेर बस्न बाध्य भएका हुन् । त्यस खोलामा पुल भएको भए यसरी खोला ओथाउला घर जाउला भनेर बस्ने पर्ने बाध्यता नरर्ने स्थानीय पार्वती कामिले बताउनु भयो । भेरीगंगा ८ का स्थानिय गनेश बुढा भन्नुहुन्छ यश खोलामा पुल नहुदा स्थातिय जहरे बजार काम परेर जादा घर फर्कदा कहिले काहीँ पानीको कारण खोला आयो भने ज्यान जोखिम राखेर खोला तर्नु परेको बताउनु हुन्छ । त्यसैगरी कहेले काहीँ पैसा नभएको बेला त्यही बाटो भएर आउदा खोला ले छेक्दा खोलाको कारण ले गर्दा खोला नतरि खोला वारि बस्नु पर्ने बाद्य्यता भएको भेरीगंगा ७ का रामबहादुर बारघरेले बताउनु भयो ।

स्थानीय सरकारको यस पर्ती ध्यान जाओस भन्ने त्यहाका स्थानीयको भनाइ रहेको छ । भेरीगंगाका साविक मैनतडाको झिंगनी खोला क्षेत्रमा मुख्य राजमार्गबाहेक अन्य क्षेत्रमा पुलहरु निर्माण भएका छैनन् । बर्षातका समयमा खोलामा बाढी आउने हुँदा आवतजावत सकस हुने गरेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here