झाडु बोकेर सरसफाईमा नरैनापुरका ३ का वडाअध्यक्ष

0
121

बाँके, असोज १२- दशैको सूरुवात भएपछि आफ्नो वडाका बस्ती, सडक र दुर्गा पुजा राखिएका सार्वजनिक स्थलमा सरसफाईन गर्न नरैनापुर ३ का वडाअध्यक्ष आफै लागि परेका छन् । वडामा बडादशैका लागि राखिएका दुर्गा पुजा क्षेत्र, मन्दिरहरु र सार्वजनिक स्थलमा सरसफाई गर्न वडाअध्यक्ष अजयकुमार मिश्रा झाडु लिएर निस्केका हुन् ।

नरैनापुर वडा नम्बर ३ का वडाअध्यक्ष मिश्राको नेतृत्वमा वडासदस्यहरु टोलको सरसफाई भएको हो । दशै र तिहारको समयमा दैनिकजसो वडाहरुमा सरसफाई कार्यक्रम गरिने वडाअध्यक्ष मिश्राले बताउनुभयो । दैनिक विहान र बेलुकाको समयमा मिलाएर दुर्गा मुर्ति राखिएको स्थान, मन्दिरहरु र सावर्जनिक स्थलमा सरसफाई हुने उहाँको भनाई छ । वडामा स्थानीय बजार र बस्तीहरुमा समेत यतिबेला सरसफाई कार्यक्रम भैईरहेका हुन् ।

वडाको सरसफाईमा सर्वसाधरणको समेत बाक्लो सहभागीता रहेको छ । वडाअध्यक्ष र सदस्यहरु झाडु बोकेर सरसफाईमा निस्किएपछि वडा फोहोरमुक्त देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here