जातिय विभेद गरेको प्रअ ढकालद्वारा स्विकार, माफी मागेपछि विवाद साम्य

0
645

सुर्खेत  साउन २- विद्यालयल हाताभित्र सहकर्मी सुरक्षा गार्डलाई जातिय विभेद र दुव्यवहार गर्ने प्रअले प्रहरी चौकीमा माफी मागेका छन्। पुर्वी सुर्खेतको भेरीगँगा नगरपालिका वडा नं 8 स्थित श्री नेरा. माबि. मैनतडामा सुरक्षा गार्डमा कार्यरत तुलबिर गाईनलाई दलित भएकै कारण विद्यालयमा जातिय विभेद गर्ने प्रअ भिमलाल ढकालले बिहिवार माफी मागेका हुन् ।

गत असार २५ गते विद्यालय भित्र उनले सुरक्षा गार्ड गाईनलाई विभेद गर्दै दुर्ववहार गरेका थिए । आफुमाथि जातिय विभेद भएको भन्दै ईलाका प्रहरी छिन्चुमा जातिय विभेदको मुद्वामा निवेदन दिएका बैगारलाई प्रअ ढकालले गल्ती भएको भन्दै माफी मागेपछि विवाद टुङ्गो लागेको हो । प्रअले गल्ती महसुस गरेपछि एक पटकलाई माफी दिएर मेलिमलाप गरिएको पिडित गाईनले जानकारी दिए । फेरि पनि यस्तो विभेद गरे कारवाही नै अगाडि बढ्ने गरि सम्झौता भएको उनले भने । विगत ७ बर्षदेखि विद्यालयमा कार्यरत बैगारलाई तिमि गन्धर्वको छोरा हिजोआज अलि बाठा भयौ, हामीलाई टेर्दैनौ, अवदेखि विद्यालय आउन पाईदैन भन्दै प्रअ ढकालले प्रवेश बन्द गरेका थिए ।

यसअघि विद्यालयको ताल्चाको चाबीहरु आफुसग हुने भएपनि विद्यालय प्रअ भिमलाल ढकालले सबै ताल्चा फोडेर नया ताल्चा लगाउनुभयो, उनले भने, अवदेखि गन्धर्वको छोरालाई भिमलाल ढकाल प्रअ भएदेखि विद्यालयमा आफुमाथि जातिय विभेद हुँदै आएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here