जहरे बजारकै सुविधासम्पन्न र ठुलो स्वागत होटल संचालन

0
506

बालकुमारी खड्का, चैत ९- भेरीगंगा नगरपालिकाको दोस्रो ठुलो बजारमा बजारकै ठुलो लगानी र सुविधा सम्पन्न होटल बुधबारदेखि संचालनमा आएको छ । पछिल्ला समयमा पुर्वी सुर्खेतको शहरीकरणका रुपमा विस्तार भैईरहेको जहरे बजारमा ठुलो र व्यवस्थित होटल स्वागत संचालनमा आएको हो ।

जहरे बजारको छिन्चु डोल्पा सडक छेउमै सुविधासम्पन्न र व्यवस्थित स्वागत होटल एण्ड रेटुरेण्ट संचालनमा आएको हो । संचालकका अनुसार स्वागत होटल यस क्षेत्रकै व्यवस्थित, ठुलो र सुविधासम्पन्न रहेको छ । तीन तले रहेको होटलमा खानपिन, बसोबास, नास्ता, पाकिङ्ग, खुल्ला स्थान, एकान्त कक्ष, सभा हल, पारिवारीक वातावरण सहितको सुविधा रहेकोले जहरे बजारमा व्यवस्थित, सुविधासम्पन्न र ठुलो होटल भएको संचालक खगेन्द्र नगालले बताउनुभयो । होटलमा स्थानीय परिकार, आर्गनिक परिकार, स्वदेशी विदेशी परिकार प्याकेजका रुपमा रहेको उहाँको भनाई छ ।

स्थापित र विस्तारित हुँदै गएको जहरे बजारमा स्वागत होटलले थप नँया सुविधा र सेवा दिने संचालक नगालको दावी छ । बुधबार एक कार्यक्रमका बिच स्वागत होटल एण्ड रेटुरेण्टको नेपाली कांग्रेस कर्णाली प्रदेश सचेतक अमृता शाहीले उद्घाटन गर्नुभएको छ । होटल उद्घाटन गर्दै प्रमुख आतिथी समेत रहनुभएकी शाहीले होटलले जहरेबजार केन्द्रित मात्रै नभई छिन्चु डोल्पा सडम यात्रामा सवार यात्रु, चालकलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो । होटल उद्घाटनमा विशेष अथिति भेरीगंगा नगरपालिका प्रमुख भुपेद्रबहादुर चन्द ,उपप्रमुख रेणु आचार्य, भेरीगंगा नगरपालिका वडा नम्वर ६,७ ,८,र ९ का वडाअध्यक्षहरु ल्गायतको सहभागीता रहेको थियो ।

होटलमा एसी, ननएसी, गाडी बुकिङ्ग, टिकट बुकिङ्ग, पार्टी, सभा समारोह, विभिन्न कार्यालय सस्थाका कार्यक्रम आयोजना गर्न सकिने सुविधा समेत रहेको छ । होटल पारिवारीक वातावरण समेत रहने बताएको छ । स्थानीय उत्पादन र परिकारलाई विशेष प्राथामिकता दिएको संचालक बताउँछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here