जनसेवा मावि सहारेलाई गुर्भाकोट मेयर कप उपाधी

0
236

हेमन्त डिसी, गुर्भाकोट ८ सुर्खेत- गत बुधबारदेखि मेहेलकुनामा जारी गुर्भाकोट नगरपालिकास्तरीय तेस्रो मेयरकप तथा राष्ट्रपछि रनिङ्ग शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा १६ खेलमा गोल्डमेडल अंक प्राप्त गर्दै जनसेवा माबि सहारेले उपाधी जितेको छ ।


प्रतियोगितामा समावेश गरिएका आधारभुत र माविस्तरका ३२ खेलमा १६ अंक प्राप्त गर्दै जनसेवा माविले उपाधी जितेको हो । जनसेवा मावि सहारेले आधार भुत र माबि दुबै तेस्रो मेयर कप उपाधी जितेको हो । गुर्भाकोट नगरपालिकाको आयोजना र सुर्यज्योति मावि मेहेलकुनाको समन्वयमा विद्यालयमा प्रतियोगिता आयोजना भएको थियो । कक्षा ६ देखि कक्षा १० सम्म अध्यनरत विद्यार्थीको क्षमता विकासका लागि प्रतियोगिता संचालन भएको थियो ।

तेस्रो मेयरकप तथा राष्ट्रपछि रनिङ्ग शिल्ड प्रतियोगितामा १०० मिटर दौड, २०० मिटर दौड, ४००, ८००, १५००, ३००० मिटर दौड, १००८४ मिटर रिले, ४००८४ मिटर रिले, कबड्डी, हाईजम्प, लंगजम्प, टिपल जम्प, सटपुट, भलिबल र ज्यामलिन थ्रो खेलहरु समावेश गरिएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here