भेरीगंगा, भदौ १२- नेपालमै बिरलै देख्न सकिने छेलो हान्ने प्रतियोगिता २०७८ भेरीगंगा नगरपालिका वडा नम्बर ८ मैनतडामा आज सम्पन्न भएको छ । सम्पन्न छेलो हान्ने प्रतियोगितामा भेरीगंगा ९ का पदमबहादुर विक प्रथम, भेरीगंगा ९ कै बिर्खबहादुर रसाईली दृतीय, भेरीगंगा ११ का सन्तोष सोनी तृतीय र सान्तावना भेरीगंगा ८ का मोहन विक हुनुभएको छ ।

प्रतियोगितामा भेरीगंगा नगरका १८ जना प्रतियोगिताको सहभागीता रहेको थियो । विजेतालाई क्रमशः ६ हजार, ४ हाजर ५ सय, ३ हजार ५ सय र १ हजार नगद, दोसल्लाले सम्मान गरिएको भेरीगंगा नगरपालिका ८ का वडाअध्यक्ष पदम खत्रीले जानकारी दिनुभयो । खेलको उद्घाटन भेरीगंगाका उद्घाटन भुतपुर्व खेलाडी जसविर रानाले गनुभयो भने समापन वडाअध्यक्ष खत्रीले गनुभएको थियो । विगत बषैदेखि पुर्खाले गरेको छेलो प्रतियोगिता निरन्तरता अनुसार भेरीगंगा वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता संचालन भएको हो । वि.स. २०३९ सालमा मेहेलकुना पन्च्यात छुटाएर मैनतडा विस्तार भएपछि पुर्वगाउँ पन्च्यात प्रमुख धनीबहादुर खत्रीले मैनतडामा पहिलो पटक छेलो प्रतियोगिता शुभारम्भ गर्नुभएको पत्रकार जेवि सुनारले बताउनुभयोे ।

भेरीगंगाको मैनतडामा हरेक बर्ष भदौ गते ढुंगाको छेलो हान्ने र सबैभन्दा टाढाको दृरीमा फाल्ने विजेतालाई नगद, प्रमाणपत्रले सम्मान गर्ने, काधमा हालेर घुमाउने, माला, खाँदा लगाउने परम्परागत शैली कायमै छ । भदौ १२ गते छेलो हान्ने प्रतियोगिता हुने यस प्रतियोगितालाई १२ भदौ भने भनिदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here