छिन्चुबजारदेखि प्रहरीचौकी जोड्ने सडक कालोपत्रे

0
200

भेरीगंगा, असार ११- भेरीगंगा नगरपालिकाको मुख्य बजार छिन्चुबजारदेखि ईलाका प्रहरीचौकी जोड्ने सडक कालोपत्रे गरिएको छ । छिन्चुबजारदेखि उत्तर ईप्रका हुँदै नगरपालिका कार्यालय जाने सडक कालोपत्रे सम्पन्न भएको हो ।

करिव एक दशकदेखि अस्तव्यस्त र जोखिमपूर्ण रहेको सडक लामोसमयपछि कालोपत्रे भएपछि आवतजावतमा सहज भएको स्थानीय व्यापारी धर्मराज खड्काले जानकारी दिए । भेरीगंगा नगरपालिका सुर्खेत वडा नं १२ छिन्चु देउतीटोल ई.प्र.का. छिन्चुुदेखि रत्न राजमार्ग छिन्चु बजार पुर्वी चोकसम्मको चार सय मिटर सडकमा पक्की नाली र कालोपत्रे सम्पन्न भएको हो । सडक र नाली निर्माण कार्य सम्पन्न भएपछि आवतजावतमा सहज भएको छ । सडक अतिक्रम हटाउन र गुणस्तरीय काम गरेर समयमै सफल भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । छिन्चुबजारबाट नगरपालिका र ईलाका प्रहरीसम्मको सडक बाटो अव सहज बनेको छ ।

भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रे भएको हो । डेढ महिनादेखि सडक कालोपत्रे र विस्तारका लागि अवरुद्ध सडक कालोपत्रे निर्माण सम्पन्नसंगै सूचारु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here