चौथो मेयर कप उपाधी वडा नम्बर १० को पोल्टामा

0
136

तुलविर बैगार भेरीगंगा-८ सुर्खेत, भेरीगंगा नगरपालिकास्तरीय चौथो मेयर कप-२०७७ को उपाधी वडा नम्बर १० ले उचालेको छ। सम्पन्न प्रतियोगितामा ५ खेलमा विजेता बन्दै वडा नम्बरले उपाधी कब्जा गरेको हो । ३ वटा खेलमा विजेता बन्दै वडा नम्बर ९ ले दोस्रो विजेताका रुपमा उपाधीहरु कब्जा गरेको छ।

आईतबार सम्पन्न मेयर कपमा पुरुष फुटबल प्रतियोगितामा वडा नम्बर १० प्रथम हुदै ३० हजार नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो भने १० वडाकै खेलाडी विक्रम घर्ती उत्कृष्ट फुटबल खेलाडी घोषित भए। वडा नम्बर १३ दृतीय हुदै २० हजार नगद प्राप्त गरेको थियो । महिला फुटवलमा वडा नम्बर ८ प्रथम हुदै नगद २० हजार प्राप्त भयो भने उत्कृष्ट खेलाडी भद्रकला विक घोषित भईन्। १५ हजार नगद प्राप्त गर्दै महिला फुटबलमा वडा नम्बर दृतीय भयो । क्रिकेटमा वडा नम्बर १० प्रथम हुदै नगद १८ हजार पाउन सफल भयो भने दृतीय वडा नम्बर ५ ले १३ हजार नगद पाउन सफल भयो । उत्कृष्ट क्रिकेट खेलाडी नरबहादुर बस्नेत घोषित भए । भलिबल प्रतियोगितामा वडा नम्बर १० प्रथम भई १८ हजार नगद र दृतीय वडा नम्बर ४ ले नगद १३ हजार पाउन सफल भयो भने उत्कृष्ट भलिबल खेलाडी नविन विक घोषित भए । ब्याडमिन्टनमा प्रथम वडा नम्बर १२ हुदै नगद १२ हजार र वडा नम्बर ९ दृतीय हुदै ८ हजार नगद पाउन सफल भयो । उत्कृष्ट ब्याडमिन्टन खेलाडीमा मनोज राना घोषित भए । पुरुष दोडमा वडा नम्बर ११ प्रथम हुदै नगद २ हजार र दृतीय वडा नम्बर ९ ले १ हजार पायो । महिला दौडमा प्रथम वडा नम्बर १० र दृतिय वडा नम्बर ८ घोषित भयो । मेयर कपकम विजेतालाई भेरीगंगाका मेयर भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्य, वडाअध्यक्ष पदम खत्री, नन्द बुढा लगायतले शिल्ड, प्रमाणपत्र, मेडल र नगद वितरण गरे । मेयर कपमा सहयोग गर्ने स्वमसेवक, क्लव, बाजा समुह, खेलाडी, व्यति, संस्थालाई सम्मान गरियो ।

भेरीगंगा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भेरीगंगा ८ स्थित रंगशालामा चौथो मेयरकपका प्रतियोगिता संचालन भएकम थिए । चैत २९ गतेबाट संचालित प्रतियोगिता बैशाख ५ गते सम्पन्न भयो । समापनमा मेयर चन्द र खेलकुद विकास समिति सभापित ईश्वर पोखरेलले विजेता खेलाडीलाई बधाई र खेल सफल पार्ने सबैलाई धन्यवाद प्रकट गर्दे मेयर कप सम्पन्न भएको घोषण गरे । कार्यक्रम संचालक पत्रकार जेवि सुनारले गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here