हेमन्त डिसी, गुर्भाकोट, ६ सुर्खेत-गुर्भाकोट नगरपालिका ६ स्थित निमारेमा घरमै सुतेको अवस्थामा एक पुरुषको बुधबार विहान हत्या भएको छ । घरमै सुतेको अवस्थामा स्थानीय ५९ बर्षीय नन्दराम ओलीको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।


विहान ३ बजेतिर सुतेकै अवस्थामा बञ्चरो प्रहार गरि हत्या भएको अवस्थामा परिवारले शव भेटाएको प्रहरी चौकी मेहेलकुनाले जानकारी दियो । ओलीको धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । घटना कसरी र किन भएको भन्ने बारे अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ । घटनाको सूचना लगत्तै जिल्ला प्रहरी र प्रहरी चौकी मेहेलकुनाको प्रहरी घटनास्थलमा परिचालन भएको छ । राती घरको बाहिर बराण्डमा सुतेको अवस्थामा उनी मृत भेटिएका थिए । घरका परिवारले विहान मात्र घटनाको जानकारी पाएका थिए ।

अहिले घटनास्थलको प्रहरीले मुचुल्का उठाएको छ । शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल मेहेलकुना लिने तयारी भैईरहेको छ । घटना शंकास्पद रहेकोले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here